देउडा सुदूरपश्चिमको पहिचान हो, अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले देउडा संस्कृति सुदूरपश्चिमको पहिचान भएको बताएका छन । उनले देउडा राष्ट्रियकरण भइसकेको बताउँदै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक भएको समेत बताउनु भएको छ ।


“हाम्रो संस्कृति, हाम्रो पहिचान” ले कैलालीमा आयोजना गरेको देउडा कार्यक्रममा बोल्दै ‘सांस्कृतिक एकता नभएसम्म बलियो राज्य बन्न नसक्ने बताउँदै मन्त्री साउदले भने, “देउडा सुदूरपश्चिमको पहिचान हो, यो राष्ट्रियकरण भइसकेको छ । प्रधानमन्त्रीज्यूले गौरालाई राष्ट्रिय चाडको रुपमा मनाउने निर्णय गर्ने प्रतिवद्धता जनाइ सक्नुभएको छ । अब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।”
सुदूरपश्चिममा फरकफरक संस्कृति भएपनि एक अर्कालाई सम्मान गरिरहेको मन्त्री साउदले बताए । पहाड र तराईमा फरकफरक संस्कृति भएको भएपनि एकले अर्कालाई सम्मान गरिरहेको बताए । मन्त्री साउदले संस्कृति बलियो भएमात्रै राज्य बलियो हुने भन्दै भने, “यहाँ फरकफरक संस्कृति छ, पहाडले तराईको संस्कृतिलाई सम्मान गरेको छ । तराईले पहाडको संस्कृतिको सम्मान गरेको छ । यही हो हाम्रो पहिचान हो । संस्कृति बलियो भएमात्रै राज्य बलियो हुन्छ ।”
सुदूरपश्चिम प्रदेशमा हिमाल, पहाड र तराईमा फरकफरक संस्कृति भएपनि बलियो एकता भएको समेत बताए । “हिमाल तथा पहाड र तराईमा रहनसहन र संस्कार र संस्कृति फरक छ तर बलियो एकता छ । यो नै हाम्रो पहिचान हो” मन्त्री साउदले भने । उनले सांस्कृतिक एकता खलबलिए समाज नै तहसनहस हुने समेत बताए ।
कार्यक्रममा बोल्दै मन्त्री साउदले विश्वभर छरिएर रहेका नेपालीमाझ देउडा संस्कृति पुर्याउनु पर्नेमा जोड दिए । उनले प्रदेश सरकारले सबै समुदायका चाड पर्व तथा संस्कृतिलाई सम्मान गर्दै समान संरक्षण सम्वर्धन गर्ने प्रतिवद्धता समेत जनाए ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?