भीमदत्त सरसफाई अभियानलाई निरन्तरता

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ । प्रत्येक हप्ताको शनिवार दुई घण्टा स्वच्छताका लागी भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको हो ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र अस्पतालको सहकार्यमा शुरु भएको भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ । प्रत्येक शनिवार दुई घण्टा स्वच्छताका लागी भन्ने नाराका साथ गत शनिवार वार शुरु गरिएको अभियान अनतर्गत वडाप्रहरीकार्यालय अगाडि सरसफाई गरिएको हो । स्वासथ्यको लागी सरसफाई महत्वपुर्ण भएकाले यो कार्य अत्यन्त्यै राम्रो भएको स्थानीयहरुले वताएका छन । अझै यसमा सबै नागरिकहरुको सहभागिता हुनु पर्ने र यसलाई निरन्तरता दिईनु पर्ने समेत स्थानीयहरुको माग रहेको छ ।

विगतमा लामो समय देखी भीमदत्त नगरपालिकासंगको सहकार्यमा सरसफाई अभियानमा सहभागि हुदै अ ाउनु भएका महेन्द्रनगरका स्थानीय व्यवशायी तथा समाजसेवी सुनिल ओझाले सरसफाईको अन्य विकल्प नरहेको वताउनु भएको छ । साथै उहाले जसरी हामीले भगवानलाई पुज्ने गरेका छौ त्यसरी नै सरसफाई लाई समेत निरन्तरता दिनु पर्ने र कस्ैको दवावमा नभई स्वस्फुर्त रुपमा वातावरण सफा राख्नु पर्ने समेत वताउनु भएको छ ।

महाकाली बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक अम्विका भट्टले हामीले उक दिन कुनै स्थानमा सरसफाई गरेर टुलो परिवर्तन नहुने हुदा यसलाई निरन्तरता दिनु पर्ने वताउनु भयो । साथे उहाले प्रत्येक स्थानमा गएर फोहरबाट फैलिने रोग तथा महामारहिरुको वारेमा जनचेतना जगाउन सकेत अलि समय लागे पनी यसको सकारातमक परिणाम आउने वताउनु भएको छ ।

उक्त सरसफाई अभियानमा मन्त्र अस्पताल,एन एन एस सि ईको क्लव, वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, स्थानीय, समाजसेवी, महाकाली बहुप्राविधिक शिक्षालय, पत्रकार लगायतको सहभागिता रहेको थियो । यस अभियानमा स्थानीय सरकारको समेत सहभागिता रहनु पर्ने समेत माग रहेको थियो । आगामी शनिवार समेत कार्यक्रम निरन्तर रहने छ ।

ताजा खबर

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी महेन्द्रनगर १० जेठ । कञ्चनपुरको महेन्द्रनगरमा सुविधा...

बागफाँटाकोे लक्ष्मी मा.वि. गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा

उपेश सिंह धामी महेन्द्रनगर ०९ जेठ । कञ्चनपुरको एक सरकारी विद्यालय...

कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरका डिभिजन वन कार्यालय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?