भीमदत्त सरसफाई अभियानलाई निरन्तरता

महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ । प्रत्येक हप्ताको शनिवार दुई घण्टा स्वच्छताका लागी भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको हो ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र अस्पतालको सहकार्यमा शुरु भएको भीमदत्त सरसफाई अभियानलाई निरन्तरता दिईएको छ । प्रत्येक शनिवार दुई घण्टा स्वच्छताका लागी भन्ने नाराका साथ गत शनिवार वार शुरु गरिएको अभियान अनतर्गत वडाप्रहरीकार्यालय अगाडि सरसफाई गरिएको हो । स्वासथ्यको लागी सरसफाई महत्वपुर्ण भएकाले यो कार्य अत्यन्त्यै राम्रो भएको स्थानीयहरुले वताएका छन । अझै यसमा सबै नागरिकहरुको सहभागिता हुनु पर्ने र यसलाई निरन्तरता दिईनु पर्ने समेत स्थानीयहरुको माग रहेको छ ।

विगतमा लामो समय देखी भीमदत्त नगरपालिकासंगको सहकार्यमा सरसफाई अभियानमा सहभागि हुदै अ ाउनु भएका महेन्द्रनगरका स्थानीय व्यवशायी तथा समाजसेवी सुनिल ओझाले सरसफाईको अन्य विकल्प नरहेको वताउनु भएको छ । साथै उहाले जसरी हामीले भगवानलाई पुज्ने गरेका छौ त्यसरी नै सरसफाई लाई समेत निरन्तरता दिनु पर्ने र कस्ैको दवावमा नभई स्वस्फुर्त रुपमा वातावरण सफा राख्नु पर्ने समेत वताउनु भएको छ ।

महाकाली बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक अम्विका भट्टले हामीले उक दिन कुनै स्थानमा सरसफाई गरेर टुलो परिवर्तन नहुने हुदा यसलाई निरन्तरता दिनु पर्ने वताउनु भयो । साथे उहाले प्रत्येक स्थानमा गएर फोहरबाट फैलिने रोग तथा महामारहिरुको वारेमा जनचेतना जगाउन सकेत अलि समय लागे पनी यसको सकारातमक परिणाम आउने वताउनु भएको छ ।

उक्त सरसफाई अभियानमा मन्त्र अस्पताल,एन एन एस सि ईको क्लव, वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, स्थानीय, समाजसेवी, महाकाली बहुप्राविधिक शिक्षालय, पत्रकार लगायतको सहभागिता रहेको थियो । यस अभियानमा स्थानीय सरकारको समेत सहभागिता रहनु पर्ने समेत माग रहेको थियो । आगामी शनिवार समेत कार्यक्रम निरन्तर रहने छ ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?