शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता दिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका विभिन्न विद्यालयहरको अनुगमन लाई निरन्तरता दिएको हो ।
भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले शिक्षा शाखाका कर्मचारीहरु टीम सहित पहिलो चरणमा सामुदायीक विद्यालयहरुकोे अनुगमन पश्चात संस्थागत विद्यालय अन्तर्गत पालिका भित्र रहेका मन्टेश्वरी विद्यालयहरुको अनुगमन गर्नु भएको छ । भीमदत्त नगरपालिकालले शिक्षा र स्वास्थ्य लाई चुस्त दुरुसत राख्न सामुदायीक विद्यालय संगै सस्थागत विद्यालयहरुको अनुगमन गरेको र कर मात्र तिरेर शिक्षाको सुधार हुन नसक्ने हुदा विद्यालयहको भौतिक संरचना, शुल्कको एकरुपता लगायतको विषयमा अनुगमन गरिएको वताउनु भएको छ । आगामी दिनमा मन्टेश्वरी विद्यालयहरको समेत अभिलेख राख्नु पर्ने हुदा अनुमति लिएर मात्रै विद्यालय सञ्चालन गर्न अनुरोध समेत गर्दै उपप्रमुख जोशीले अनुगमनलाई निरन्तरता दिईने वताउनु भयो । शुरुवातमा अनुगमन गर्ने र अनुमतिका लागी ३५ दिने सुचना जारी गर्ने तयारी गरेको समेत उहाले वताउनु भयो । ३५ दिन भित्र पनी अनुमति नलिए कानुन अनुसार प्रकृया थाल्ने समेत उहाले वताउनु भएको छ । अनुगमन टोलीमा भीमदत्त नगरपालिका शिक्षा शाखाका पदाधिकारी सामाजिक विकास समितकिा संयोजक शुसिल भट्ट लगायतको सहभागिता रहेको थिायो । आगामी दिनमा समेत अनुगमनलाई निरन्तरता दिईने उपप्रमुख लेखकले जानकारी दिनु भएको छ ।
सामुदायीक विद्यालय संगै संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागी समेत नगरपालिकाले प्रयाश गर्दै आएको छ । हाल कञ्चनपुरको भीमदत्त नगरपालिकामा ५५ वटा सामुदायीक विद्यालय, ७० वटा ससंस्थागत विद्यालय र २ वटा गुरुकुल रहेका छन ।

 

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?