शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयहरुको अनुगमन लाई निरन्तरता दिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका विभिन्न विद्यालयहरको अनुगमन लाई निरन्तरता दिएको हो ।
भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले शिक्षा शाखाका कर्मचारीहरु टीम सहित पहिलो चरणमा सामुदायीक विद्यालयहरुकोे अनुगमन पश्चात संस्थागत विद्यालय अन्तर्गत पालिका भित्र रहेका मन्टेश्वरी विद्यालयहरुको अनुगमन गर्नु भएको छ । भीमदत्त नगरपालिकालले शिक्षा र स्वास्थ्य लाई चुस्त दुरुसत राख्न सामुदायीक विद्यालय संगै सस्थागत विद्यालयहरुको अनुगमन गरेको र कर मात्र तिरेर शिक्षाको सुधार हुन नसक्ने हुदा विद्यालयहको भौतिक संरचना, शुल्कको एकरुपता लगायतको विषयमा अनुगमन गरिएको वताउनु भएको छ । आगामी दिनमा मन्टेश्वरी विद्यालयहरको समेत अभिलेख राख्नु पर्ने हुदा अनुमति लिएर मात्रै विद्यालय सञ्चालन गर्न अनुरोध समेत गर्दै उपप्रमुख जोशीले अनुगमनलाई निरन्तरता दिईने वताउनु भयो । शुरुवातमा अनुगमन गर्ने र अनुमतिका लागी ३५ दिने सुचना जारी गर्ने तयारी गरेको समेत उहाले वताउनु भयो । ३५ दिन भित्र पनी अनुमति नलिए कानुन अनुसार प्रकृया थाल्ने समेत उहाले वताउनु भएको छ । अनुगमन टोलीमा भीमदत्त नगरपालिका शिक्षा शाखाका पदाधिकारी सामाजिक विकास समितकिा संयोजक शुसिल भट्ट लगायतको सहभागिता रहेको थिायो । आगामी दिनमा समेत अनुगमनलाई निरन्तरता दिईने उपप्रमुख लेखकले जानकारी दिनु भएको छ ।
सामुदायीक विद्यालय संगै संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागी समेत नगरपालिकाले प्रयाश गर्दै आएको छ । हाल कञ्चनपुरको भीमदत्त नगरपालिकामा ५५ वटा सामुदायीक विद्यालय, ७० वटा ससंस्थागत विद्यालय र २ वटा गुरुकुल रहेका छन ।

 

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?