दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न किसानहरुलाई मिल्क क्यान वितरण गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपलिका वडा नम्वर १० मा रहेको खप्तड कृषि सहकारी संस्थाले दुग्ध उत्पादक किसानहरु लाई मिल्क क्यान (दुध हाल्ने भाडो) वितरण गरेको हो ।
अहिले जताततै महङ्खी बढिरहेको वेला सहकारीले किसानहरुको मनोवल बढाउन सानै भएपनी सहयोग गरेकोमा किसानहरुले समेत खुशि व्यक्त गरेका छन । आगामी दिनहरुमा समेत घासको विँउ, पशुहरुको लागी भिटामीन, क्याल्सियम तथा खोपहरु उपलव्ध गराउन सके अझै राम्रो हुने किसानहरुको भनाई रहेको छ ।
ग्रामिण भेगका दुध उत्पादक किसानहरुले कहिले कोकको बोतल, कहिले मिनरल वाटरको बोतल लगायतमा दुध लिएर डेरी सम्म आउने गरेकोमा सबै किसानहरुमा एकरुपता ल्याउन र उनीहरुलाई प्रोहत्सान गर्न मिल्क क्यान वितरण गरीएको खप्तड कृषि सहकारी संस्थाका अध्यक्ष पुर्ण वहादुर साउदले वताउनु भयो । साथै उहाले आगामी दिनहरुमा समेत संस्थाले विभिन्न कार्यक्रमहरु मार्फत सिकसानहरु लाई सहयोग गर्ने पनी वताउनु भयो ।
सुदुरपश्चिम प्रदेश सरकारले दुग्ध व्यवशायका लागी सहकारी संस्थालाई दिएको अनुदानको तिन लाख साठी हजार रकम मार्फत भीमदत्त नगरपालिका वडा नम्वर ८, ९ र १० का किसानहरु लाई ५ लिटर र १० लिटर क्षमताका ३५५ थान मिल्क क्यान (दुध हाल्ने भाडो) वितरण गरेको हो । विगतका दिनहरुमा भारतीय व्यापारीहरुले सस्तो मुल्यमा दुध खरिद गर्दै आएकोमा सहकारी मार्फत दुध संकलन हुन थालेपछी यस भेगका पशुपालन गर्ने किसानहरुलाई राहत महसुस भएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?