झलारी। शुक्लाफाँटा नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेको छ। किशोरीमाथि हुने हिंसा न्यूकरण गर्नका लागि नगरपालिकाले आत्मरक्षा तालिम दिइरहेको हो। विद्यालयमा अध्ययनरत किशोरीहरुलाई तालिम दिइरहेको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले बताइन्। उनका अनुसार कृष्ण माध्यमिक विद्यालय झलारी र बैजनाथ माध्यमिक विद्यालय कसरौलका किशोरीहरुलाई आत्मरक्षा तालिम दिइसकिएको छ । सरस्वती माध्यमिक विद्यालय कलुवापुर, सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्शाह, राष्ट्रिय माध्यमिक विद्यालय पीपलाडीमा अध्ययनरत किशोरीहरुलाई पनि आत्मरक्षा तालिम दिइने छ। ‘हामीले ६ वटा विद्यालयमा आत्मरक्षा तालिम दिन्छौं, प्रत्येक विद्यालयमा एक सयभन्दा बढी किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेका छौं।’ किशोरीहरुलाई करातेकी सहायक प्रशिक्षक जमुना सिंहले आत्मरक्षा तालिम दिइरहेकी छन्। ‘ आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइरहेका छौं,’ प्रशिक्षक सिंहले भनिन्। आत्मरक्षा तालिमले किशोरीहरुको आत्मबल बढाउने नगर प्रमुख रणबहादुर महराले बताए। ‘यस्ता तालिमले किशोरीहरु आत्मबल बढ्नुका साथै समस्यामा पर्दा प्रतिकार गर्न सहज हुनेछ,’ उनले भने, ‘अगामी दिनहरुमा पनि बालबालिका तथा किशोरीको आत्मबल बढाउने खालका कार्यक्रम गर्दै जानेछौं।’
ताजा खबर
लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै
कञ्चनपुर ०७ साउन
ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...
भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम
कञ्चनपुर, ४ श्रावण
महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...
शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन, १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता
चितवन २ साउन
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर...
मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन
कञ्चनपुर, १ साउन
कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...
छुटाउनु भयो कि ?
लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै
कञ्चनपुर ०७ साउन
ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...
भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम
कञ्चनपुर, ४ श्रावण
महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...


