सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेलाको तयारी पुरा

आगामी फागुन १ गते देखी कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगरको खुुला मञ्चमा फागुन १ गते देखी १० गते सम्म आयोजना हुन गईरहेको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ सम्पुर्ण तयारी पुरा भएको हो । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष्य पिताम्वर जोशीले महोत्सवको सम्पुर्ण तयारी पुरा भई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यू बाट विहान ११ः३० बजे समुदघाटन हुने जानकारी दिनु भएको छ । महोत्सवमा राखिएका स्टलहरु बुकिङ्ख भई सकेको र सुरक्षा व्यवस्था समेत चुस्त दुरुस्त राखिएको, सुरक्षाका लागी सिसिटिभी क्यामेरा जडान गर्ने काम समेत सम्पन्न भईसको समेत उहाले जानकारी दिनु भएको छ ।
‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ महोत्सवकोे १४ औँ संस्करण संचालन हुन लागेको हो । महोत्सवमा स्थानीय बस्तु तथा सेवा, पर्यटन, कला संस्कृतिको प्रर्बद्धन, लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट,वाल उद्यान सहित सुदूरपश्चिमको लोकसंस्कृति प्रस्तुत गरिनेछ । महोत्सवमा स्थानीय प्रतिभाहरुलाई समेत उच्च पथमिकता दिईने र राष्ट्रिय कलाकारहरुको समेत उल्लेख्य सहभागिता रहने छ । महोत्सवमा विक्री हुने प्रति टिकटबाट एक रुपैयाका छुट्टाएर समाजिक काममा लगाईने पनी वाणिज्य संघले जनाएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?