सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेलाको तयारी पुरा

आगामी फागुन १ गते देखी कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगरको खुुला मञ्चमा फागुन १ गते देखी १० गते सम्म आयोजना हुन गईरहेको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ सम्पुर्ण तयारी पुरा भएको हो । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष्य पिताम्वर जोशीले महोत्सवको सम्पुर्ण तयारी पुरा भई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यू बाट विहान ११ः३० बजे समुदघाटन हुने जानकारी दिनु भएको छ । महोत्सवमा राखिएका स्टलहरु बुकिङ्ख भई सकेको र सुरक्षा व्यवस्था समेत चुस्त दुरुस्त राखिएको, सुरक्षाका लागी सिसिटिभी क्यामेरा जडान गर्ने काम समेत सम्पन्न भईसको समेत उहाले जानकारी दिनु भएको छ ।
‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ महोत्सवकोे १४ औँ संस्करण संचालन हुन लागेको हो । महोत्सवमा स्थानीय बस्तु तथा सेवा, पर्यटन, कला संस्कृतिको प्रर्बद्धन, लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट,वाल उद्यान सहित सुदूरपश्चिमको लोकसंस्कृति प्रस्तुत गरिनेछ । महोत्सवमा स्थानीय प्रतिभाहरुलाई समेत उच्च पथमिकता दिईने र राष्ट्रिय कलाकारहरुको समेत उल्लेख्य सहभागिता रहने छ । महोत्सवमा विक्री हुने प्रति टिकटबाट एक रुपैयाका छुट्टाएर समाजिक काममा लगाईने पनी वाणिज्य संघले जनाएको छ ।

ताजा खबर

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?