कार्यबिधि बिपरित प्राबिधिक कर्मचारि भर्ना गर्दै वेदकोट

कञ्चनपुर । वेदकोट नगरपालिकामा संघिय सरकारले स्वीकृत गरेको कार्यबिधि बिपरित कृर्षि स्नातक अधिकृत स्तर (छैटौं) प्राबिधिक कर्मचारि भर्ना गर्न लागिएको आरोप लागेको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाले २०७९।८।९ गते जारी गरेको करारमा कर्मचारी पदपुर्ति गर्ने सम्वन्धि सुचनामा दरखास्त दिएका उम्मेदवारहरु लाई संघिय सरकारले स्वीकृत गरेको कार्यबिधि बिपरित संक्षिप्त सुचि जारी गरेको आरोप लागेको हो ।

संघिय सरकारले कृर्षि स्नातक गरेका प्राबिधिक कर्मचारि भर्ना गर्न र परिचालन गर्न नेपाल सरकार मन्त्रिपरिषद बाट स्वीकृत गरि ०७९ साल सावन २३ गते कार्यबिधि तयार गरेको थियो । सोही बमोजिम वेदकोट नगरपालिकाले कृर्षि स्नातक अधिकृत स्तर (छैटौं) प्राबिधिक कर्मचारि भर्ना गर्न जारी गरेको सुचना वमोजिम १७ जनाले दरखास्त दिएका थिए । संघिय सरकारको अनुदानमा चल्ने कार्यक्रममा उक्त कार्यबिधि लत्याउदै नगरपालिकाले नगरपालीकाले आफ्नै तरिकाले कर्मचारि छनौट गर्न संक्षिप्त सुचिमा ७ जनाको नाम प्रकासन गरेको हो जसले लिखित परिक्षामा भाग लिन पाउने छन । वेदकोट नगरपालिका भित्रका स्थायी बशोवास भएका ७ जनालाई मात्र लिखित परिक्षामा सहभागि गराउन मिल्ने गरि सर्ट लिस्ट बनाएर अन्य योग्य उम्मेदवार माथी अन्याय गरेको भीमदत्त नगरपालिका ६ का सागर बिष्टले बताउनु भएको छ । “हामी बाट दरखास्त शुल्क उठाउने काम मात्र भयो, उनले भने, ‘सुचनामा नै वेदकोट नगरपालिका वाशिन्दा लाई प्राथमिकता दिने भन्ने लेखेको भए हामी दरखास्त नै दिने थिएनौ, हामी लाई अनावश्यक दुख दिने काम भयो” ।

यस सम्बन्धमा वेदकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्टले नगरपालिका आफैमा स्थानीय सरकार भएकाले नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुरुपनै भर्ना गरिएको बताउनु भयो । “नगरपालिका आफैमा स्थानीय सरकार हो, उनले भने, हामीले कार्यविधि वनाएका छौं, त्यही अनुरुप भर्ना प्रकृया अघि बढाएका हौं ” ।


स्थानीय तहमा कृषि स्नातक प्रािवधक परिचालन कार्यविधि २०७९ मा कर्मचारी भर्ना गर्दा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा जिल्ला स्थीत कार्यालयको प्रमुख वा अधिकृत र सम्वन्धित शाखाको प्रतिनीधि रहेको मुल्याङ्कनन तथा सिफारिस समिती रहने प्रावधान रहेको छ तर वेदकोट नगरपालिकाले कृषि ज्ञान केन्द्र संग पनी समन्वय नगरेको पाईएको छ । नाम नवताउने शर्तमा कृषि ज्ञान केन्द्रका एक जना प्रविधिक कर्मचारीले भने जिल्लाका दोधारा चादनी नगरपालिका , भीमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिका, वेलौरी नगरपालिका तथा पुनर्वाश नगरपालिकाले समन्वय गरेका छन सोही बमोजिम सहयोग गरिरहेका छौैं उनले भने वेदकोट नगरपालिकाको कर्मचारी भर्ना वारे हामीलाई जानकारी भएन ।

देशैभरिका स्थानीयतहहरुमा सरकारले तोकेको कार्यबिधि अनुसार नै कर्मचारि छनौट भए पनी बेदकोट नगरपालिमा प्रकृया भन्दा बाहिर गएर छनौट गर्दा आफ्ना मान्छे राख्न वा अन्य चलखेल गर्न आफुहरुलाई परीक्षा दिनबाट समेत बन्चित गराएको दरखास्त दिने उम्मेदवारहरुको आशंका रहेको छ ।

 

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?