कार्यबिधि बिपरित प्राबिधिक कर्मचारि भर्ना गर्दै वेदकोट

कञ्चनपुर । वेदकोट नगरपालिकामा संघिय सरकारले स्वीकृत गरेको कार्यबिधि बिपरित कृर्षि स्नातक अधिकृत स्तर (छैटौं) प्राबिधिक कर्मचारि भर्ना गर्न लागिएको आरोप लागेको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाले २०७९।८।९ गते जारी गरेको करारमा कर्मचारी पदपुर्ति गर्ने सम्वन्धि सुचनामा दरखास्त दिएका उम्मेदवारहरु लाई संघिय सरकारले स्वीकृत गरेको कार्यबिधि बिपरित संक्षिप्त सुचि जारी गरेको आरोप लागेको हो ।

संघिय सरकारले कृर्षि स्नातक गरेका प्राबिधिक कर्मचारि भर्ना गर्न र परिचालन गर्न नेपाल सरकार मन्त्रिपरिषद बाट स्वीकृत गरि ०७९ साल सावन २३ गते कार्यबिधि तयार गरेको थियो । सोही बमोजिम वेदकोट नगरपालिकाले कृर्षि स्नातक अधिकृत स्तर (छैटौं) प्राबिधिक कर्मचारि भर्ना गर्न जारी गरेको सुचना वमोजिम १७ जनाले दरखास्त दिएका थिए । संघिय सरकारको अनुदानमा चल्ने कार्यक्रममा उक्त कार्यबिधि लत्याउदै नगरपालिकाले नगरपालीकाले आफ्नै तरिकाले कर्मचारि छनौट गर्न संक्षिप्त सुचिमा ७ जनाको नाम प्रकासन गरेको हो जसले लिखित परिक्षामा भाग लिन पाउने छन । वेदकोट नगरपालिका भित्रका स्थायी बशोवास भएका ७ जनालाई मात्र लिखित परिक्षामा सहभागि गराउन मिल्ने गरि सर्ट लिस्ट बनाएर अन्य योग्य उम्मेदवार माथी अन्याय गरेको भीमदत्त नगरपालिका ६ का सागर बिष्टले बताउनु भएको छ । “हामी बाट दरखास्त शुल्क उठाउने काम मात्र भयो, उनले भने, ‘सुचनामा नै वेदकोट नगरपालिका वाशिन्दा लाई प्राथमिकता दिने भन्ने लेखेको भए हामी दरखास्त नै दिने थिएनौ, हामी लाई अनावश्यक दुख दिने काम भयो” ।

यस सम्बन्धमा वेदकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्टले नगरपालिका आफैमा स्थानीय सरकार भएकाले नगरपालिकाले निर्माण गरेको कार्यविधि अनुरुपनै भर्ना गरिएको बताउनु भयो । “नगरपालिका आफैमा स्थानीय सरकार हो, उनले भने, हामीले कार्यविधि वनाएका छौं, त्यही अनुरुप भर्ना प्रकृया अघि बढाएका हौं ” ।


स्थानीय तहमा कृषि स्नातक प्रािवधक परिचालन कार्यविधि २०७९ मा कर्मचारी भर्ना गर्दा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा जिल्ला स्थीत कार्यालयको प्रमुख वा अधिकृत र सम्वन्धित शाखाको प्रतिनीधि रहेको मुल्याङ्कनन तथा सिफारिस समिती रहने प्रावधान रहेको छ तर वेदकोट नगरपालिकाले कृषि ज्ञान केन्द्र संग पनी समन्वय नगरेको पाईएको छ । नाम नवताउने शर्तमा कृषि ज्ञान केन्द्रका एक जना प्रविधिक कर्मचारीले भने जिल्लाका दोधारा चादनी नगरपालिका , भीमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिका, वेलौरी नगरपालिका तथा पुनर्वाश नगरपालिकाले समन्वय गरेका छन सोही बमोजिम सहयोग गरिरहेका छौैं उनले भने वेदकोट नगरपालिकाको कर्मचारी भर्ना वारे हामीलाई जानकारी भएन ।

देशैभरिका स्थानीयतहहरुमा सरकारले तोकेको कार्यबिधि अनुसार नै कर्मचारि छनौट भए पनी बेदकोट नगरपालिमा प्रकृया भन्दा बाहिर गएर छनौट गर्दा आफ्ना मान्छे राख्न वा अन्य चलखेल गर्न आफुहरुलाई परीक्षा दिनबाट समेत बन्चित गराएको दरखास्त दिने उम्मेदवारहरुको आशंका रहेको छ ।

 

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?