कञ्चनपुर क्षेत्र २(क) मा माओवादीका उम्मेदवार ‘सरल’ निर्वाचित

कञ्चनपुर, ७मंसिर
नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र २(क) देश सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार ओम विक्रम भाट(सरल) निर्वाचित भएका छन ।
माओवादी नेता सरलले निकटतम प्रतिद्वन्दी एमाले नेता सिहलाई ४ सय ७५ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन । भाटले १० हजार ९२५, सिहले १० हजार ४५०मत ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रबाट ९ उम्मेदवार चुनावी मैदानमा थिए । पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्तिकी गिचा चौधरी ५ हजार १५२, राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७, लोकतान्त्रिक समाजवादीका जगन्नाथ केसीले ३सय ३३, हाम्रो नेपाली पाटीका राजुराम साकीले ४९९, नेपाल मजदुर किसान पाटीका भरत रावलले ८३, स्वतन्त्र गिरीराज पाण्डेयले ६सउ २५, र एमालेकै बागी टेक बहादुर हमालले ४ सय ६५मत ल्याएका छन ।
माओवादी केन्द्रीय सदस्य समेत रहेका युवा नेता (सरल) बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थिए । यस निर्वाचन क्षेत्रमा माओवादीका युवा नेता ३५ बर्षिया सरल र एमालेका ४२ बर्षिया नेता बचन बहादुर सिहविच कडा प्रतिस्पर्धा भएको थियो । क्षेत्र २(क)मा ५४ हजार ६८८ मतदाता मध्ये ३३ हजार ९७५ मत खसेका थिए । क्षेत्र २बाट संघ तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एनपी साउद र २(ख) बहादुर सिह थापा अग्रता रहेको छ । क्षेत्र २(क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका माओवादी युवा नेता ओम विक्रम भाट(सरल)ले जनताको विश्वास अनुरुप अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी महेन्द्रनगर १० जेठ । कञ्चनपुरको महेन्द्रनगरमा सुविधा...

बागफाँटाकोे लक्ष्मी मा.वि. गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा

उपेश सिंह धामी महेन्द्रनगर ०९ जेठ । कञ्चनपुरको एक सरकारी विद्यालय...

कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरका डिभिजन वन कार्यालय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?