कञ्चनपुर क्षेत्र २(क) मा माओवादीका उम्मेदवार ‘सरल’ निर्वाचित

कञ्चनपुर, ७मंसिर
नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र २(क) देश सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार ओम विक्रम भाट(सरल) निर्वाचित भएका छन ।
माओवादी नेता सरलले निकटतम प्रतिद्वन्दी एमाले नेता सिहलाई ४ सय ७५ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन । भाटले १० हजार ९२५, सिहले १० हजार ४५०मत ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रबाट ९ उम्मेदवार चुनावी मैदानमा थिए । पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्तिकी गिचा चौधरी ५ हजार १५२, राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७, लोकतान्त्रिक समाजवादीका जगन्नाथ केसीले ३सय ३३, हाम्रो नेपाली पाटीका राजुराम साकीले ४९९, नेपाल मजदुर किसान पाटीका भरत रावलले ८३, स्वतन्त्र गिरीराज पाण्डेयले ६सउ २५, र एमालेकै बागी टेक बहादुर हमालले ४ सय ६५मत ल्याएका छन ।
माओवादी केन्द्रीय सदस्य समेत रहेका युवा नेता (सरल) बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थिए । यस निर्वाचन क्षेत्रमा माओवादीका युवा नेता ३५ बर्षिया सरल र एमालेका ४२ बर्षिया नेता बचन बहादुर सिहविच कडा प्रतिस्पर्धा भएको थियो । क्षेत्र २(क)मा ५४ हजार ६८८ मतदाता मध्ये ३३ हजार ९७५ मत खसेका थिए । क्षेत्र २बाट संघ तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एनपी साउद र २(ख) बहादुर सिह थापा अग्रता रहेको छ । क्षेत्र २(क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका माओवादी युवा नेता ओम विक्रम भाट(सरल)ले जनताको विश्वास अनुरुप अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?