जोगबुढामा पक्कीपुल र तटबन्ध निर्माण गर्ने एमाले उम्मेदवार विष्टको प्रतिवद्धता

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ख का उम्मेदवार सुरेन्द्र विष्टले दोधरा चाँदनीको जोगबुढामा पक्की पुल निर्माण गरिने बताएका छन् । नेकपा एमालेतर्फका उम्मेदवार रहेका विष्टले दोधराचाँदनी–८ सुन्दरनगरमा चुनावी सभालाई सम्बोधन गदैँ यस्तो प्रतिवद्दता व्यक्त गरेका हुन् ।
नेकपा एमाले नेतृत्वको सरकारको समय डिपिआर तयार भएकोले चाँडै जोगबुढा नदीमा पक्की पुल निर्माण कार्यलाई निरन्तरता दिने उनको भनाई छ । त्यस्तै जोगबुढामा पक्की तटबन्ध निर्माण गरिने पनि उनले बताए ।
‘अहिले यहाँ माझ आउँदा झुलुङ्गे पुलबाट आएको छु ।’ उनले भने ‘तपाईहरुले यस क्षेत्रबाट जिताएर पठाउनु भयो भने अर्का पटक पक्की बनाएर फर्किने छु ।’
भीमदत्त नगरपालिकाका निवर्तमान मेयर समेत रहेका विष्टले खैरभट्टी कुतियाकभर विकास मोडेलको रुपमा अघि बढाएका छन् ।
उनले सीमा समस्या समाधान पुर्वाबार विकास र पर्यटनको व्यवसायिकरण योजना बनाएका छन् ।
नेकपा एमाले राष्ट्रवादी भएको बताउँदै उनले पार्टी नेतृत्वको सरकार बने सीमा समस्या समाधान गरिने बताए ।
त्यस्तै उनले दोधराचाँदनीमा रहेको रहेको स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरिने बताए ।
त्यस्तै कृषियान्त्रीकरणसँगै प्रवल खेतीलाई व्यवसायिकरण र त्यसको बजारिकरण गरिने प्रतिवद्धता व्यक्त गरे । उनले ‘दोधराचाँदनीबाट एउटै व्यक्ती १८ वर्षसम्म सांसद, मन्त्री भए तर सय मिटर मात्रै कालोपत्रे भयो ।’ उनले भने ‘पछिल्लो पाँच वर्षमा एमाले नेतृत्वको सरकारले यस क्षेत्रमा गरेको विकासका कामहरुबारे तपाईहरु जानकार नै हुनुहुन्छ ।’
त्यस्तै उम्मेदवार विष्टले पटक–पटक चुनाव जितेकाले दोधराचाँदनीको विकास गर्न नसकेकोले आफु यस क्षेत्रमा चुनाव लड्न आएको स्पष्ट समेत पारेका छन् ।
त्यस्तै एमालेले दोधराचाँदनी सुक्का बन्दरगाह निर्माण, महाकाली र जोगबुढामा पक्की तटबन्ध, महाकाली नदी र शुक्लाफाँटालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने प्रतिवद्धता जनाएको छ । बाबाथानलाई सीमा क्षेत्रको व्यवस्थीत सहर बनाउने पनि एमालेको योजना छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?