कञ्चनपुरका दुई उम्मेदवार बिरुद्ध भ्रष्टाचार मुद्दा दायर

कञ्चनपुरका दुई उम्मेदवार बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र प्रतिनिधी सभा सदस्यका एक/एक उम्मेदवार बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा उम्मेदवार भएका पल्टु राना र मदन दमाई बिरुद्ध भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको हो।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालिन अध्यक्ष पल्टु राना र विचौलिया मदन दमाई बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट पल्टु राना क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार छन् भने मदन दमाई स्वतन्त्रबाट प्रतिनिधी सभा सदस्यका लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका छन् । उम्मेदवारद्वय राना र दमाई बिरुद्धमा भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम बिगो सहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ ।

तत्कालिन अध्यक्ष रानालाई ३७ लाख, ९२ हजार बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ । भने बिचौलिया नै घोषित गरेर दमाईलाई पनि ३७ लाख ४६ हजार ८८० रूपैयाँ बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ । राना र दमाई बिरुद्धमा भ्रष्टाचार निवार ऐन ०५९को दफा २४ बमोजिम ३७ लाख बढि रूपैयाँँ बिगो सहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडाैंले केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले तीन जना अध्यक्ष सहित ३७ जनाको नाममा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चुनावी संघारमा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर भएसंगै उनीलाई झट्का लागेको छ । नगर विकास समितिका तत्कालिन अध्यक्ष पल्टु रानाले आफुले भ्रष्टाचार नगरेको दावी गर्दै कर्मचारीबाट आएको फाईल अनुरुप काम गरेको बताए । विचौलियाको आरोप समेत लागेका मदन दमाईले चुनावको मुखमा बदनाम गर्ने मनसाय भएको बताए । ‘मैले त समितिको निर्णय गरेर जमिन किनेको हुँ, ‘उनले भने, ‘कर्मचारी र समितिका पदाधिकारी जानुन् ।’

उम्मेदवारद्वय राना र दमाई बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसंगै उनको उम्मेदवारीको विषयलाई लिएर नागरिक अन्यौलमा परेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय कञ्चनपुरका सहायक निर्वाचन अधिकृत तारा प्रसाद शर्माले कुनै उम्मेदवार बिरुद्धमा भ्रष्टाचार वा अन्य मुद्दा लाग्दैमा उम्मेदवारी खारेजी नहुने बताए । ‘मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म उम्मेदवारी यथावत रहन्छ, ‘उनले भने, ‘दोषि प्रमाणित भए मात्रै उम्मेदवारी खारेजी हुन्छ ।’ उम्मेदवारद्वय राना र दमाई बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर भएसंगै उनीमाथि नागरिक एवं मतदाताले प्रश्न गरिरहेका छन्

स्रोत नया पत्रिका

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?