कञ्चनपुरका दुई उम्मेदवार बिरुद्ध भ्रष्टाचार मुद्दा दायर

कञ्चनपुरका दुई उम्मेदवार बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र प्रतिनिधी सभा सदस्यका एक/एक उम्मेदवार बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा उम्मेदवार भएका पल्टु राना र मदन दमाई बिरुद्ध भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको हो।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालिन अध्यक्ष पल्टु राना र विचौलिया मदन दमाई बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट पल्टु राना क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार छन् भने मदन दमाई स्वतन्त्रबाट प्रतिनिधी सभा सदस्यका लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका छन् । उम्मेदवारद्वय राना र दमाई बिरुद्धमा भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम बिगो सहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ ।

तत्कालिन अध्यक्ष रानालाई ३७ लाख, ९२ हजार बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ । भने बिचौलिया नै घोषित गरेर दमाईलाई पनि ३७ लाख ४६ हजार ८८० रूपैयाँ बिगो सहित कसुर तथा सजाय मागदावी गरिएको छ । राना र दमाई बिरुद्धमा भ्रष्टाचार निवार ऐन ०५९को दफा २४ बमोजिम ३७ लाख बढि रूपैयाँँ बिगो सहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडाैंले केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले तीन जना अध्यक्ष सहित ३७ जनाको नाममा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चुनावी संघारमा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर भएसंगै उनीलाई झट्का लागेको छ । नगर विकास समितिका तत्कालिन अध्यक्ष पल्टु रानाले आफुले भ्रष्टाचार नगरेको दावी गर्दै कर्मचारीबाट आएको फाईल अनुरुप काम गरेको बताए । विचौलियाको आरोप समेत लागेका मदन दमाईले चुनावको मुखमा बदनाम गर्ने मनसाय भएको बताए । ‘मैले त समितिको निर्णय गरेर जमिन किनेको हुँ, ‘उनले भने, ‘कर्मचारी र समितिका पदाधिकारी जानुन् ।’

उम्मेदवारद्वय राना र दमाई बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसंगै उनको उम्मेदवारीको विषयलाई लिएर नागरिक अन्यौलमा परेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय कञ्चनपुरका सहायक निर्वाचन अधिकृत तारा प्रसाद शर्माले कुनै उम्मेदवार बिरुद्धमा भ्रष्टाचार वा अन्य मुद्दा लाग्दैमा उम्मेदवारी खारेजी नहुने बताए । ‘मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म उम्मेदवारी यथावत रहन्छ, ‘उनले भने, ‘दोषि प्रमाणित भए मात्रै उम्मेदवारी खारेजी हुन्छ ।’ उम्मेदवारद्वय राना र दमाई बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर भएसंगै उनीमाथि नागरिक एवं मतदाताले प्रश्न गरिरहेका छन्

स्रोत नया पत्रिका

ताजा खबर

कंचनपुरको क्षेत्र नं ३(क) मा नेकपा एस का रावल निर्वाचित

कंचनपुरको क्षेत्र नं ३(क) मा नेकपा एकीकृत समाजवादीबाट प्रकाश...

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभामा भारी मत सहित लेखक को विजयी

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका...

कञ्चनपुर क्षेत्र २(क) मा माओवादीका उम्मेदवार ‘सरल’ निर्वाचित

कञ्चनपुर, ७मंसिर नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ ।...

दार्चुला प्रदेशसभा (१)मा नेपाली कांग्रेसका बिक्रमसिंह धामी निर्वाचित

महेन्द्रनगर। दार्चुला प्रदेशसभा (१)मा नेपाली कांग्रेसका बिक्रमसिंह धामी निर्वाचित...

दार्चुलाको प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित

महेन्द्रनगर। दार्चुलाको प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?