लालझाडीमा जमिन नापजाँच शुरु

कञ्चनपुर, २४
कञ्चनपुरको लालझाडी गाँउपालिकामा जमिन नापजाँच शुरु गरिएको छ ।
भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिन दिनका लागि लालझाडीमा जमिन नापजाँच शुरु गरिएको हो । बिहीबार लालझाडी गाँउपालिका ६ नम्बर वडादेखि जमिन नापजाँच शुरु गरिएको गाँउपालिकाले जनाएको छ ।
लालझाडी गाँउपालिका ६का वडाध्यक्ष फुलाराम चौधरीले एक कार्यक्रमका विच भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बासोबासीलाई जमिन दिनका लागि नापजाँच शुरु गरिएको बताए ।
जमिन नापजाँचको शुभारम्भ गर्दै लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायकले गाँउका सबै जनता जमिनको मालिक बनाईने बताए । ‘अब कोहीपनि लालझाडीका जनता भूमिहिन हुने छैनन, ‘गाँउ प्रमुख बडायकले भने, ‘भूमिहिन दलित र सुकुमबासीलाई जमिन र अव्यवस्थित बसोबासी जनतालाई लालपुर्जा दिलाउँछौँ ।’ सबै प्रकृतिका भूमिहिन समस्या भएका जनतालाई जमिनको स्वामित्व हस्तान्तरण गराउने प्रमुख बडायकले बताए । ‘हामीले चुनावका बेलामा पनि सबै जनतालाई जमिन दिने चुनावी एजेण्डा थियो, ‘उनले भने, ‘त्यही स्प्रीड अनुरुप हामीले काम अघि बढाएका छौँ ।’ राष्ट्रिय भूमि आयोग र गाँउपालिकाले लालझाडीमा झण्डै ४ हजार परिवार लाभान्वित हुनेछन ।
६ नम्बर वडादेखि नापजाँच शुरु गरेर सबै वडाहरुमा जमिन नापजाँच गरेर अघि बढ्ने प्रमुख बडायकले बताए । नापजाँच कार्यक्रममा लालझाडी ६ का वडाध्यक्ष फुलाराम चौधरी, उप प्रमुख सत्यादेवी महरा, प्रमुख मदनसेन बडायक, राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य राज कुमार चौधरी , प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिह रावल सहितका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज राजनीतिक दलको सहभागिता रहेको थियो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?