लालझाडीमा जमिन नापजाँच शुरु

कञ्चनपुर, २४
कञ्चनपुरको लालझाडी गाँउपालिकामा जमिन नापजाँच शुरु गरिएको छ ।
भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिन दिनका लागि लालझाडीमा जमिन नापजाँच शुरु गरिएको हो । बिहीबार लालझाडी गाँउपालिका ६ नम्बर वडादेखि जमिन नापजाँच शुरु गरिएको गाँउपालिकाले जनाएको छ ।
लालझाडी गाँउपालिका ६का वडाध्यक्ष फुलाराम चौधरीले एक कार्यक्रमका विच भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बासोबासीलाई जमिन दिनका लागि नापजाँच शुरु गरिएको बताए ।
जमिन नापजाँचको शुभारम्भ गर्दै लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायकले गाँउका सबै जनता जमिनको मालिक बनाईने बताए । ‘अब कोहीपनि लालझाडीका जनता भूमिहिन हुने छैनन, ‘गाँउ प्रमुख बडायकले भने, ‘भूमिहिन दलित र सुकुमबासीलाई जमिन र अव्यवस्थित बसोबासी जनतालाई लालपुर्जा दिलाउँछौँ ।’ सबै प्रकृतिका भूमिहिन समस्या भएका जनतालाई जमिनको स्वामित्व हस्तान्तरण गराउने प्रमुख बडायकले बताए । ‘हामीले चुनावका बेलामा पनि सबै जनतालाई जमिन दिने चुनावी एजेण्डा थियो, ‘उनले भने, ‘त्यही स्प्रीड अनुरुप हामीले काम अघि बढाएका छौँ ।’ राष्ट्रिय भूमि आयोग र गाँउपालिकाले लालझाडीमा झण्डै ४ हजार परिवार लाभान्वित हुनेछन ।
६ नम्बर वडादेखि नापजाँच शुरु गरेर सबै वडाहरुमा जमिन नापजाँच गरेर अघि बढ्ने प्रमुख बडायकले बताए । नापजाँच कार्यक्रममा लालझाडी ६ का वडाध्यक्ष फुलाराम चौधरी, उप प्रमुख सत्यादेवी महरा, प्रमुख मदनसेन बडायक, राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य राज कुमार चौधरी , प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिह रावल सहितका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज राजनीतिक दलको सहभागिता रहेको थियो ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?