अंशु बर्माको ‘सकेको गुन तिरौँला’को म्युजिक भिडियो सार्वजनिक

महेन्द्रनगर । सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएको भीमदत्त नगरपालिकाको स्थानीय समेत रहेका अंशु बर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार टिकटक स्टार बर्माको ‘सकेको गुन तिरौँला’ गितको भिडियो सार्वजनिक भएको हो ।
बर्माले मोडिलिङ गरेको उक्त म्युजिक भिडियोमा सुस्मीता पन्त को–एक्टरको भुमीकामा देखिएकी छिन् । गायक टेक बिसी र गायिका एलिना चौहानको स्वर रहेको उक्त म्युजिक भिडियोको निर्देशन सतिश सेनाले गरेका हुन । त्यस्तै गितको लेखन भिम बिसि तथा कल्पनाकार भने दिपशिखा बर्माले गरेका हुन् ।
महेन्द्रनगरको विभिन्न स्थानमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो बर्माको आफ्नै अंशु बर्मा युटुब च्यानलबाट रिलिज गरिएको हो । टिकटक र कलाकारितासँगै बर्मा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् महेन्द्रनगरमा आयोजिक पत्रकार सम्भेलनमा बर्माले टिकटकमार्फत गरेको आम्दानीबाट गरेको सामाजिक कार्यबारे पनि जानकारी दिईएको थियो ।
बर्मा र उनको टिमले कञ्चनपुर मात्रै नभई कैलाली पुगेर पनि विभिन्न महिला, वृद्ध तथा अनाथ बालबालिका सेवा केन्द्रलाई सहयोग गदैँ आईरहेको छ । महाकाली नदीमा बेमौसमी वर्षाका कारण आएको बाढीबाट प्रभावित भएकोलाई बर्माले तत्काल खाद्यान्न सहयोग गरेका थिए ।
‘म र मेरो टीमले कलाकारीतासँगै दिनदुखीहरुको सहयोगका लागि सामाजिक कार्यलाई पनि निरन्तर अगाडि बढाउदैँ आएको छ ।’ बर्माले भने ‘नयाँ म्युजिक भिडियो दर्शकले मन पराई दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’ टिकटक लाईभबाट आएको आम्दानीबाट उनले सामाजिक कार्य गदैँ आईरहेका छन् ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?