अंशु बर्माको ‘सकेको गुन तिरौँला’को म्युजिक भिडियो सार्वजनिक

महेन्द्रनगर । सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएको भीमदत्त नगरपालिकाको स्थानीय समेत रहेका अंशु बर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार टिकटक स्टार बर्माको ‘सकेको गुन तिरौँला’ गितको भिडियो सार्वजनिक भएको हो ।
बर्माले मोडिलिङ गरेको उक्त म्युजिक भिडियोमा सुस्मीता पन्त को–एक्टरको भुमीकामा देखिएकी छिन् । गायक टेक बिसी र गायिका एलिना चौहानको स्वर रहेको उक्त म्युजिक भिडियोको निर्देशन सतिश सेनाले गरेका हुन । त्यस्तै गितको लेखन भिम बिसि तथा कल्पनाकार भने दिपशिखा बर्माले गरेका हुन् ।
महेन्द्रनगरको विभिन्न स्थानमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो बर्माको आफ्नै अंशु बर्मा युटुब च्यानलबाट रिलिज गरिएको हो । टिकटक र कलाकारितासँगै बर्मा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् महेन्द्रनगरमा आयोजिक पत्रकार सम्भेलनमा बर्माले टिकटकमार्फत गरेको आम्दानीबाट गरेको सामाजिक कार्यबारे पनि जानकारी दिईएको थियो ।
बर्मा र उनको टिमले कञ्चनपुर मात्रै नभई कैलाली पुगेर पनि विभिन्न महिला, वृद्ध तथा अनाथ बालबालिका सेवा केन्द्रलाई सहयोग गदैँ आईरहेको छ । महाकाली नदीमा बेमौसमी वर्षाका कारण आएको बाढीबाट प्रभावित भएकोलाई बर्माले तत्काल खाद्यान्न सहयोग गरेका थिए ।
‘म र मेरो टीमले कलाकारीतासँगै दिनदुखीहरुको सहयोगका लागि सामाजिक कार्यलाई पनि निरन्तर अगाडि बढाउदैँ आएको छ ।’ बर्माले भने ‘नयाँ म्युजिक भिडियो दर्शकले मन पराई दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’ टिकटक लाईभबाट आएको आम्दानीबाट उनले सामाजिक कार्य गदैँ आईरहेका छन् ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?