जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी द्धारा रक्तदान

जनयुद्ध दिवसको अवसर पारेर कञ्चनपुरमा अखिल क्रान्तिकारीले रक्तदान गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आइतबार जनयुद्ध दिवसको अवसर पारेर रक्तदान गरेको हो ।


२७ औँ जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी कञ्चनपुरले रक्तदान गरेको हो । रक्तदान कार्यक्रममा सहभागि हुदै नेपाल कम्युनिष्ट पार्टी माओवादीका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य देवेन्द्र राज ढुङ्गानाले महान जनयुद्धका महान शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको वताउनु भयो । नेपालि उत्पिडित जनताको हक र अधिकारका लागी आफ्नो जिवनको आहुती दिने महान शहिदहरुलाई सम्झीने दिन भउका कारण आजको दिन महत्वपुर्ण भएको समेत उहाले वताउनु भयो ।


अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले दिवसको अवसर पारेर रक्तदान गरिएको वताउनु भयो । कोभिडको कारण सबैले रक्तदान गर्न नसक्दा रगत अभाव भएकोले केहीहद सम्म भए पनी विरामीहरुलाई सहज होस भनेर रक्तदान गरिएको वताउनु भयो ।


नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ३५जना क्रान्तिकारी विद्यार्थी सहित माओवादी युवाका नेता कार्यकर्ताहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रमबाट संकलित रगत निशुल्क रुपमा आवश्यक परेका विरामीहरुलाई उपलव्ध गराईने बताउदै नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर अन्तर्गत रक्तसञ्चार केन्द्रका प्रमुख नरेन्द्रराज जोशीले समय समयमा हुने यस्ता रक्दान कार्यक्रमबाट कोभिडका कारण रगत अभावमा रहेका विरामीहरुलाई सहज रुपमा रगत आपुर्ति हुने वताउनु भयो ।

ताजा खबर

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?