जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी द्धारा रक्तदान

जनयुद्ध दिवसको अवसर पारेर कञ्चनपुरमा अखिल क्रान्तिकारीले रक्तदान गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आइतबार जनयुद्ध दिवसको अवसर पारेर रक्तदान गरेको हो ।


२७ औँ जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारी कञ्चनपुरले रक्तदान गरेको हो । रक्तदान कार्यक्रममा सहभागि हुदै नेपाल कम्युनिष्ट पार्टी माओवादीका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य देवेन्द्र राज ढुङ्गानाले महान जनयुद्धका महान शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको वताउनु भयो । नेपालि उत्पिडित जनताको हक र अधिकारका लागी आफ्नो जिवनको आहुती दिने महान शहिदहरुलाई सम्झीने दिन भउका कारण आजको दिन महत्वपुर्ण भएको समेत उहाले वताउनु भयो ।


अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले दिवसको अवसर पारेर रक्तदान गरिएको वताउनु भयो । कोभिडको कारण सबैले रक्तदान गर्न नसक्दा रगत अभाव भएकोले केहीहद सम्म भए पनी विरामीहरुलाई सहज होस भनेर रक्तदान गरिएको वताउनु भयो ।


नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ३५जना क्रान्तिकारी विद्यार्थी सहित माओवादी युवाका नेता कार्यकर्ताहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रमबाट संकलित रगत निशुल्क रुपमा आवश्यक परेका विरामीहरुलाई उपलव्ध गराईने बताउदै नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर अन्तर्गत रक्तसञ्चार केन्द्रका प्रमुख नरेन्द्रराज जोशीले समय समयमा हुने यस्ता रक्दान कार्यक्रमबाट कोभिडका कारण रगत अभावमा रहेका विरामीहरुलाई सहज रुपमा रगत आपुर्ति हुने वताउनु भयो ।

ताजा खबर

कञ्चनपुरका थापा आदिवासी जनजाती युवा महासंघको केन्द्रीय सचिवमा निर्वाचित

कञ्चनपुर, ९ बैशाख । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता...

नेपाल बैंकको महाकाली अस्पतालमा एटिएम सेवा सचालन

कञ्चनपुर, ९ बैशाख । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा...

बेलडाँडीका किसान राना जलिएको अवस्थामा मृत फेला, हत्याको आशंका

कञ्चनपुर, ९ बैशाख । कञ्चनपुरको बेलडाँडीका एक किसानको शंकास्पद मृत...

डेन्टल सेवाका लागि भीमदत्तद्वारा महाकाली अस्पताललाई आर्थिक सहयोग

कञ्चनपुर, ५ बैशाख । कञ्चनपुरको एक स्थानीय सरकारले महाकाली प्रादेशिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?