ध्यान केन्द्र समाजकै लागि हो : अध्यक्ष पाण्डे

क्ञ्चनपुर, २० माघ
सुदूरपश्चिम विपश्यना साधना धार्मिक वनका अध्यक्ष नारद पाण्डेले भीमदत्त नगरपालिका ९ उत्तरी चुृरे प्राकृतिक क्षेत्रमा निर्माण हुने ध्यान केन्द्र समाजकै हितका लागि भएको बताए । अध्यक्ष पाण्डेले ध्यान केन्द्र निर्माण कुनै व्यवसाय एव अन्य उदेश्य भन्दा समाजको हितका लागि भएको बताएका हुन ।
बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पाण्डेले ध्यान केन्द्रबाट समाज सुधारकै काम हुने स्पष्ट पारे । ‘हामी नितान्त समाजकै हितका लागि सो कार्य गरेका छौँ, ‘उनले भने, ‘अहिले केही स्थानीयले नबुझेर बिरोधमा छन, वनले पनि हाम्रो काम रोकिदिएको छ ।’
मानिसलाई तनावबाट मुक्त दिलाउनका लागि अगामी फागुनदेखि संचालनका लागि सडक निर्माण मात्रै गरेको बताए । चुरेमा डोजर लगेर वन फडानी नगरेको उनको दावि छ । ‘अहिले सो कार्य वनबाट समेत रोकिएको छ, ‘उनले भने, ‘हाम्रो लक्ष्य वन सहित मानिसलाई तनावबाट मुक्त गराउने हो ।’ समितिमा समेत ध्यान गरेका मान्छे मात्रै बस्ने प्रावधान रहेकाले स्थानीय समेट्न नसकिएको उनको दावि छ । आचार्य खगेश्वर अर्याल, सहायक आचार्य अमिर खत्री, गणेश बहादुर सिह सहितको सुझाव तथा अनुमतिमा विपासना केन्द्र निर्माणका लागि काम अघि बढाईने बताए । ‘विपासना केन्द्र अन्य प्रदेशमा पनि छ, ‘उनले भने, ‘हामीले सुप प्रदेशमा पनि बनाउन चाहेका हौँ, स्थानीय जन समुदायबाट अवरोध भए गदैनौँ ।’ स्थानीय जनप्रतिनिधी एव सामुदायिक वनकर्मीसंग समन्वय गरेरै काम भएको भन्दै उनले बुझाईमा समस्या भएकाले मात्रै बिरोध भएको बताएका छन । केही दिनदेखि स्थानीयले चुरेमा डोजर प्रयोग गरेको भन्दै बिरोध गर्दै आएका छन । तर, अध्यक्ष पाण्डेले समाजिक कार्यका लागि सहयोगका लागि उनले अपिल गरेका छन ।

ताजा खबर

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?