ध्यान केन्द्र समाजकै लागि हो : अध्यक्ष पाण्डे

क्ञ्चनपुर, २० माघ
सुदूरपश्चिम विपश्यना साधना धार्मिक वनका अध्यक्ष नारद पाण्डेले भीमदत्त नगरपालिका ९ उत्तरी चुृरे प्राकृतिक क्षेत्रमा निर्माण हुने ध्यान केन्द्र समाजकै हितका लागि भएको बताए । अध्यक्ष पाण्डेले ध्यान केन्द्र निर्माण कुनै व्यवसाय एव अन्य उदेश्य भन्दा समाजको हितका लागि भएको बताएका हुन ।
बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पाण्डेले ध्यान केन्द्रबाट समाज सुधारकै काम हुने स्पष्ट पारे । ‘हामी नितान्त समाजकै हितका लागि सो कार्य गरेका छौँ, ‘उनले भने, ‘अहिले केही स्थानीयले नबुझेर बिरोधमा छन, वनले पनि हाम्रो काम रोकिदिएको छ ।’
मानिसलाई तनावबाट मुक्त दिलाउनका लागि अगामी फागुनदेखि संचालनका लागि सडक निर्माण मात्रै गरेको बताए । चुरेमा डोजर लगेर वन फडानी नगरेको उनको दावि छ । ‘अहिले सो कार्य वनबाट समेत रोकिएको छ, ‘उनले भने, ‘हाम्रो लक्ष्य वन सहित मानिसलाई तनावबाट मुक्त गराउने हो ।’ समितिमा समेत ध्यान गरेका मान्छे मात्रै बस्ने प्रावधान रहेकाले स्थानीय समेट्न नसकिएको उनको दावि छ । आचार्य खगेश्वर अर्याल, सहायक आचार्य अमिर खत्री, गणेश बहादुर सिह सहितको सुझाव तथा अनुमतिमा विपासना केन्द्र निर्माणका लागि काम अघि बढाईने बताए । ‘विपासना केन्द्र अन्य प्रदेशमा पनि छ, ‘उनले भने, ‘हामीले सुप प्रदेशमा पनि बनाउन चाहेका हौँ, स्थानीय जन समुदायबाट अवरोध भए गदैनौँ ।’ स्थानीय जनप्रतिनिधी एव सामुदायिक वनकर्मीसंग समन्वय गरेरै काम भएको भन्दै उनले बुझाईमा समस्या भएकाले मात्रै बिरोध भएको बताएका छन । केही दिनदेखि स्थानीयले चुरेमा डोजर प्रयोग गरेको भन्दै बिरोध गर्दै आएका छन । तर, अध्यक्ष पाण्डेले समाजिक कार्यका लागि सहयोगका लागि उनले अपिल गरेका छन ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?