लालझाडी मा योग, ध्यान चिन्तन विकास कार्यक्रम सन्चालन

लालझाडि गाउपालिका वडा न. ४ स्थित श्री स्वतन्त्र माध्यमिक बिध्यालय, पर्सिया मा पुस्तकालय अध्ययन तथा योग, ध्यान, चिन्तन कार्यक्रम सन्चालन गरिएको छ। गाउपालिका को आधारभुत तथा माध्यमिक सिक्षा शाखा को आयोजनामा सन्चालन गरिएको कार्यक्रम माघ १६ र १७ गते गरि दुइ दिन सम्म चल्नेछ । गाउपालिकाको वडा न. ४ का अध्यक्ष बहादुर राना को अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउपालिका स्थित सस्थागत एवं सामुदायिक बिध्यालय का प्रधानाध्यापक हरु, लालझाडी प्रग्या प्रतिस्ठान का बिभिन्न बिभागिय प्रमुख र प्रतिनिधि हरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रम को औचित्य माथि प्रकास पार्दै सिक्षा साखा प्रमुख सिद्दराज भट्ट ले गाउपालिका क्षेत्रको समग्र सिक्षा प्रणालि लाइ सुधारको बाटोमा लैजान बिध्यार्थि सङ्गै सिक्षक पनि चलायमान र अध्ययनसिल हुनुपर्ने भएकाले कार्यक्रम ले सिक्ने र सिकाउने सन्दर्भमा निकै महत्व राख्ने जानकारि दिनुभयो। कार्यक्रममा आफ्नो बिचार राख्दै कार्यक्रमका अध्यक्ष एवं वडा न. ४ का अध्यक्ष बहादुर रानाले पछिल्लो समयमा मोबाइलफोन र इन्टरनेटको बढ्दो दुरुपयोग ले अध्ययन को समग्र स्थिति नै बिग्रदो रहेकाले यस्ता कार्यक्रमले त्यसतर्फ सुधारको बाटो राख्ने बिस्वास ब्यक्त गर्नुभयो।
सहभागिहरुले पनि कार्यक्रम को उद्देश्य बमोजिम आफुले सिकेका भरपुर कुराहरु बालबालिकामा लैजाने र बिध्यार्थि लाइ अध्ययनसिल बनाउने प्रयत्नमा लाग्ने प्रतिक्रिया दिनुभयो। लालझाडि प्रज्ञा प्रतिस्ठान को उद्देश्य बमोजिम नै आगामि दिनमा पनि सिक्षण सिकाइ लाइ प्रभावकारि र उद्धेश्यमुलक बनाउन र मेधावि बिध्यार्थि उत्पादनमा लागिपर्ने गाउपालिका अध्यक्ष मदन सेन बडायक ले जानकारि दिनुभयो।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?