संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्तको ७३.७५ प्रतिशत अंक प्राप्त

संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्त राम्रोः ७३.७५ प्रतिशत अंक प्राप्
महेन्द्रनगर १० माघ । स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कन सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनले सार्वजनिक गरेको नतिजा अनुसार भीमदत्त नगरपालिकाको अवस्था राम्रो देखिएको छ । स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्त नगरपालिकाले ७३.७५ प्रतिशत अंक प्राप्त गदैँ राम्रो सुचकमा परेको हो ।
स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनले नगरपालिकाको प्रशासकिय प्रवन्ध, न्यायिक सेवा सम्पादन, वार्षीक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एंवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, भौतीक पुर्वाधार लगायत आधारहरुमा स्थानीय तहको मुल्याङ्क गर्ने गर्दछ । जसमा भीमदत्तले न्यायिक सेवा सम्पादन र समन्वय, सहकार्यमा शत प्रतिशत नतिजा प्राप्त गरेको छ ।
नगरपालिकाका प्रशासकीय अधिकृत सुवास अधिकारीले स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्तको अवस्था राम्रो रहेको बताउनु भयो । उहाँका अनुसार स्व–मुल्याङकनको नजितालाई नगरपालिकाले कार्यपालिकाबाट अनुमोदन गरि सार्वजनिक गरिएको छ ।
संस्थागत क्षमता स्व–मुल्याङ्कनका लागि जिल्ला समन्वय समितिको कार्यालयमार्फत रुजु गरि सामान्य प्रशासन मन्त्रालयलाई पठाउनु पर्ने व्यवस्था गरिएको छ । जिसस कञ्चनपुरका लेखापाल टंक प्रशाद भट्टले हालसम्म चार वटा स्थानीय तहले संस्थागत क्षमता स्व–मुल्याङ्कनको नजिता सार्वजनिक गरेको बताउनु भयो । उहाँका अनुसार माघ पहिलो साता भित्रमा संस्थागत क्षमता स्व–मुल्याङ्कन कार्यपालिकामार्फत अनुमोदन गरि सार्वजनिक गर्नुपर्ने सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेकोमा हालसम्ममा भीमदत्त, शुक्लाफाँटा, बेलौरी र लालझाडील गाउँपालिकाले मात्रै सो कार्य गरेका छन् ।
स्व–मूल्यांकनको अंक गणनामा ८० भन्दा बढि नजिता प्राप्त गर्ने स्थानीय उत्कृष्ट, ६०–७९ सम्मको नजिता प्राप्त गर्ने स्थानीय राम्रो, ३०–५९ सम्म नजिता प्राप्त गर्ने स्थानीय कमजोर र ३० भन्दा कम प्रतिशत नजिता प्राप्त गर्ने स्थानीय अति कमजोर मानिन्छ ।व्ब

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?