संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्तको ७३.७५ प्रतिशत अंक प्राप्त

संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्त राम्रोः ७३.७५ प्रतिशत अंक प्राप्
महेन्द्रनगर १० माघ । स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कन सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनले सार्वजनिक गरेको नतिजा अनुसार भीमदत्त नगरपालिकाको अवस्था राम्रो देखिएको छ । स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्त नगरपालिकाले ७३.७५ प्रतिशत अंक प्राप्त गदैँ राम्रो सुचकमा परेको हो ।
स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनले नगरपालिकाको प्रशासकिय प्रवन्ध, न्यायिक सेवा सम्पादन, वार्षीक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एंवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, भौतीक पुर्वाधार लगायत आधारहरुमा स्थानीय तहको मुल्याङ्क गर्ने गर्दछ । जसमा भीमदत्तले न्यायिक सेवा सम्पादन र समन्वय, सहकार्यमा शत प्रतिशत नतिजा प्राप्त गरेको छ ।
नगरपालिकाका प्रशासकीय अधिकृत सुवास अधिकारीले स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्तको अवस्था राम्रो रहेको बताउनु भयो । उहाँका अनुसार स्व–मुल्याङकनको नजितालाई नगरपालिकाले कार्यपालिकाबाट अनुमोदन गरि सार्वजनिक गरिएको छ ।
संस्थागत क्षमता स्व–मुल्याङ्कनका लागि जिल्ला समन्वय समितिको कार्यालयमार्फत रुजु गरि सामान्य प्रशासन मन्त्रालयलाई पठाउनु पर्ने व्यवस्था गरिएको छ । जिसस कञ्चनपुरका लेखापाल टंक प्रशाद भट्टले हालसम्म चार वटा स्थानीय तहले संस्थागत क्षमता स्व–मुल्याङ्कनको नजिता सार्वजनिक गरेको बताउनु भयो । उहाँका अनुसार माघ पहिलो साता भित्रमा संस्थागत क्षमता स्व–मुल्याङ्कन कार्यपालिकामार्फत अनुमोदन गरि सार्वजनिक गर्नुपर्ने सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेकोमा हालसम्ममा भीमदत्त, शुक्लाफाँटा, बेलौरी र लालझाडील गाउँपालिकाले मात्रै सो कार्य गरेका छन् ।
स्व–मूल्यांकनको अंक गणनामा ८० भन्दा बढि नजिता प्राप्त गर्ने स्थानीय उत्कृष्ट, ६०–७९ सम्मको नजिता प्राप्त गर्ने स्थानीय राम्रो, ३०–५९ सम्म नजिता प्राप्त गर्ने स्थानीय कमजोर र ३० भन्दा कम प्रतिशत नजिता प्राप्त गर्ने स्थानीय अति कमजोर मानिन्छ ।व्ब

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?