एमाले कञ्चनपुरको अध्यक्ष मा बिष्ट प्यानल विजयि

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको अध्यक्ष मा  भिमदत्त नगरपालिका का मेयर सुरेन्द्र बिष्ट र उनको प्यानल नै विजय भएका छ्न ।
एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा पुरै विष्ट प्यानल निर्वाचित भएको हो ।
निर्वाचन समितिका सदस्य पुष्पराज ओझाका अनुसार बुधबार साँझ पदाधिकारीको मत गणना सम्पन्न भएको बताउदै  सुरेन्द्र विष्टले आफ्ना प्रत्यासी बिर बहादुर थापा(पातल)लाई हराउँदै अध्यक्षमा निर्वाचित हुनु  भएको पुष्टि गरेका हुन  ।  उनका अनुसार विष्टले आफ्ना प्रत्यासी थापालाई ९८मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । विष्टले २ सय ८१ र थापाले १ सय ८३ मत ल्याएका थिए । उपाध्यक्षमा लक्ष्मी बुढाले आफ्ना प्रत्यासी महेश पन्तलाई ४९मतको अन्तरले हाउँदै बुढा निर्वाचित भएकी छिन । बुढाले २ सय ५४ र पन्तले २ सय ५ मत ल्याएका थिए । सचिवमा भारी प्रतिस्पर्धा भएको छ । विष्ट प्यानलका तर्फबाट पल्लवराज भट्टले आफ्ना प्रत्यासी अशोक कुमार चन्दलाई ७ मतको हराउँदै सचिवमा निर्वाचित भएका छन । भट्टले २ सय ३३ र चन्दले २ सय २६मत ल्याएका थिए । उप सचिवमा दुवै विष्ट प्यानलकै निर्वाचित भएका छन । उप सचिवमा कर्ण बहादुर चन्दले सर्वाधिक मत ल्याएका छन । चन्दले सबैभन्दा बढि ३ सय ४७ मत ल्याएका छन । भने फैरु तामाङ्गले २ सय ९६ मत ल्याएका थिए । भने पातल प्यानलका शेर बहादुर चन्दले १ सय ९६ मत ल्याएका थिए । कुल ४ सय ९९ मतदाता मध्ये, ४ सय ७० मत खसेका थिए ।

यस्तो छ मत परिणाम              ४७० अन्तिम मतगणना परिणाम
वीर बहादुर थापा १८३
सुरेन्द्र बिष्ट २८१ विजयी
उपाध्यक्ष
महेश प्रशाद पन्त २०५
लक्ष्मी बुढा २५४ विजयी
सचीव
अशोक चन्द २२६
पल्लव राज भट्ट २३३ विजयी
उपसचिव
कर्ण बहादुर चन्द ३४७ विजयी
फैरु तामाङ २९६ विजयी
शेर बहादुर चन्द १९७
सबैलाइ हार्दिक बधाइ छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?