महाकाली अस्पतालका निवर्तमान अध्यक्ष्य बोक्सर जोशी सम्मानीत

महाकाली अस्पतालका निवर्तमान अध्यक्ष्य तथा समाजसेवी कृष्ण दत्त जोशी (बोक्सर) लाई बझाङ्ग लोक संस्कृति संरक्षण मञ्चले सम्मान गरेको छ ।
शनीवार बझाङ्ग लोक संस्कृति संरक्षण मञ्चले आयोजना गरेको भुवा भस्सो प्रदर्शन कार्यक्रममा समाजसेवी कृष्ण दत्त जोशी (बोक्सर) सम्मानीत भएका हुन । कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन वहादुर थापाले बझाङ्ग लोक संस्कृति संरक्षण मञ्चका वरिष्ठ सल्लाहाकार समेत रहेका बोक्सर जोशी लाई सम्मान गरेका हुन । उक्त कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालयका प्रा.डा. हरिशचन्द्र भट्ट र कलाकार तथगा खेलाडि लक्ष्मण अधिकारी लाई समेत मञ्चले सम्मान गरेको छ । नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भट्ट र सुदुर पश्चिमको लोक संस्कृतीको संरक्षण गरेको भन्दै अधिकारीलाई सम्मान गरिएको हो ।
माहाकाली अस्पतालको विकासमा महत्वपुर्ण योगदान पुर्याएका पुर्व शिक्षक तथा पुर्व बक्सिङ्ग खेलाडि समेत रहेका बोक्सर जोशि समाजीक कार्यमा उत्कृष्ट रहदै आएका छन । उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री मान वहादुर सुनार, प्रदेश सभा सदस्य महेश दत्त जोशी, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भुवा खेल प्रदर्शन गरिएको थियो भने खराव मौसमका कारण देउडा प्रदर्शन हुन सकेको थिएन ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?