महाकाली अस्पतालका निवर्तमान अध्यक्ष्य बोक्सर जोशी सम्मानीत

महाकाली अस्पतालका निवर्तमान अध्यक्ष्य तथा समाजसेवी कृष्ण दत्त जोशी (बोक्सर) लाई बझाङ्ग लोक संस्कृति संरक्षण मञ्चले सम्मान गरेको छ ।
शनीवार बझाङ्ग लोक संस्कृति संरक्षण मञ्चले आयोजना गरेको भुवा भस्सो प्रदर्शन कार्यक्रममा समाजसेवी कृष्ण दत्त जोशी (बोक्सर) सम्मानीत भएका हुन । कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन वहादुर थापाले बझाङ्ग लोक संस्कृति संरक्षण मञ्चका वरिष्ठ सल्लाहाकार समेत रहेका बोक्सर जोशी लाई सम्मान गरेका हुन । उक्त कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालयका प्रा.डा. हरिशचन्द्र भट्ट र कलाकार तथगा खेलाडि लक्ष्मण अधिकारी लाई समेत मञ्चले सम्मान गरेको छ । नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भट्ट र सुदुर पश्चिमको लोक संस्कृतीको संरक्षण गरेको भन्दै अधिकारीलाई सम्मान गरिएको हो ।
माहाकाली अस्पतालको विकासमा महत्वपुर्ण योगदान पुर्याएका पुर्व शिक्षक तथा पुर्व बक्सिङ्ग खेलाडि समेत रहेका बोक्सर जोशि समाजीक कार्यमा उत्कृष्ट रहदै आएका छन । उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री मान वहादुर सुनार, प्रदेश सभा सदस्य महेश दत्त जोशी, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भुवा खेल प्रदर्शन गरिएको थियो भने खराव मौसमका कारण देउडा प्रदर्शन हुन सकेको थिएन ।

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?