चुनावि प्रतिवद्धता पुरा गर्दै पुर्व मन्त्री रावल

सुदुर पश्चिम प्रदेशका पुर्व उद्योग वन वातावरण तथा पर्यटन राज्य मन्त्रि प्रकाश रावल चुनावि प्रतिवद्धता पुरा गर्दै नागरिकहरुको घरदैलोमा कुदीरहेका छन । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्वर ३ (क) बाट निर्वाचित सुदुरपश्चिम प्रदेशका पुर्ब राज्यमन्त्री रावलको पहलमा समाजिक बिकास मन्त्रालय बाट प्राप्त ४० लाख अनुदान बाट निर्माण भएको भिमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक बिद्यालयको ४ कोठे भवनको शनिवार एक समारोहका विच समुद्वघाटन गर्नु भएको छ ।
पुर्ब राज्यमन्त्री रावलले भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा भिमदत्त नगरपालिका वडा नम्बर १० तिल्केनीमा निर्मीत खप्तड कृषि सहकारी संस्थाको भवन तथा ८ औं साधारण सभाको पनि एक कार्यक्रम बिच समुद्वघाट्न गर्नु भएको छ । उक्त समुद्वघाट्न कार्यक्रममा बोल्दै पुर्ब राज्यमन्त्री रावलले पिछिडिएका क्षेत्रका नागरिकहरुको सहयोगका लागी आफु हरसम्भव प्रयाश गर्ने र सुदुरपश्चिम प्रदेश सरकार संग आगामी दिनमा समेत यस क्षेत्रका आम नागरिकहरुको आर्थीक विकास, भौतिक विकास तथा किसानहरुको आर्थीक स्तर माथि उकास्न पहल जारि राख्ने वताउनु भएको छ ।
खप्तड कृषि सहकारी संस्थाको ८ औं साधारण सभामा दुईजना उत्कृष्ट किसान लाई सम्मान समेत गरिएको थियो भने युवा वर्ष मावि तिल्केनीका दुई जना जेहेन्दार बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?