चुनावि प्रतिवद्धता पुरा गर्दै पुर्व मन्त्री रावल

सुदुर पश्चिम प्रदेशका पुर्व उद्योग वन वातावरण तथा पर्यटन राज्य मन्त्रि प्रकाश रावल चुनावि प्रतिवद्धता पुरा गर्दै नागरिकहरुको घरदैलोमा कुदीरहेका छन । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्वर ३ (क) बाट निर्वाचित सुदुरपश्चिम प्रदेशका पुर्ब राज्यमन्त्री रावलको पहलमा समाजिक बिकास मन्त्रालय बाट प्राप्त ४० लाख अनुदान बाट निर्माण भएको भिमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक बिद्यालयको ४ कोठे भवनको शनिवार एक समारोहका विच समुद्वघाटन गर्नु भएको छ ।
पुर्ब राज्यमन्त्री रावलले भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा भिमदत्त नगरपालिका वडा नम्बर १० तिल्केनीमा निर्मीत खप्तड कृषि सहकारी संस्थाको भवन तथा ८ औं साधारण सभाको पनि एक कार्यक्रम बिच समुद्वघाट्न गर्नु भएको छ । उक्त समुद्वघाट्न कार्यक्रममा बोल्दै पुर्ब राज्यमन्त्री रावलले पिछिडिएका क्षेत्रका नागरिकहरुको सहयोगका लागी आफु हरसम्भव प्रयाश गर्ने र सुदुरपश्चिम प्रदेश सरकार संग आगामी दिनमा समेत यस क्षेत्रका आम नागरिकहरुको आर्थीक विकास, भौतिक विकास तथा किसानहरुको आर्थीक स्तर माथि उकास्न पहल जारि राख्ने वताउनु भएको छ ।
खप्तड कृषि सहकारी संस्थाको ८ औं साधारण सभामा दुईजना उत्कृष्ट किसान लाई सम्मान समेत गरिएको थियो भने युवा वर्ष मावि तिल्केनीका दुई जना जेहेन्दार बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?