एमाले कञ्चनपुर अध्यक्षमा तीन जना भिड्दै

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आठौँ जिल्ला अधिवेशन शुक्रवारदेखी महेन्द्रनगरमा शुुरु भएको छ । पार्टीको जिल्ला नेतृत्व समेत चयन हुने यस अधिवेशनमा पाँच सयभन्दा बढी प्रतिनिधी सहभागी भएका छन । शुक्रबारदेखि सुरु भएको अधिवेशन अन्तर्गत शनिबार दिउसो पछी वन्द शत्र शुरु हुने कार्यतालिका रहेको छ । विषेस गरी यस अधवेशनमा अध्यक्ष पदका लागि तीन जना दावेदार रहने निश्चित भएका छन ।
अध्यक्ष पदका लागि तत्कालिन नेकपा एकिरणका वेला देखी नेतृत्व समाल्दै आउनु भएका वर्तमान जिल्ला अध्यक्ष वीरबहादुर थापा, वर्तमान पार्टी सचिव एवं भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द आकांक्षी देखिएका छन । नेकपा एमाले र माओवादी अलग भए संगै वर्तमान जिल्ला अध्यक्ष वीरबहादुर थापाले एमालेलाई साथ दिएका कारण पार्टीका युवा कार्यकर्ताहरुको वलियो समर्थन पाएका छन भने भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट राजनीतिक रुपमा पोख्त, साहसिक , निडर र नेकपाको केन्द्रीय नेतृत्वले रुचाएका व्यक्तीको रुपमा चिनिन्छन । यसै गरि बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द पनी युवा माझ लोकप्रीय नेताका रुपमा चिनिन्छन । पार्टीको केन्द्रीय नेतृत्व तहले सहमतीमै जिल्ला कमिटी गठन गर्न सुझाव दिएको भए पनी सहमति हुन नसकेको खण्डमा कार्यकर्ताको मनोभावना अनुरुप स्वच्छ प्रतिसपर्धा हुनुपर्नेमा चन्दले जोड दिएका छन ।
पार्टीको जिल्ला सचिव पदमा रणबहादुर महरा र पल्लभराज भट्ट आकांशी रहेका छन । अधिवेशन उद्घाटन समारोहमा कञ्चनपुर बाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसदहरु डा. दीपकाप्रकाश भट्ट, नरबहादुर धामी र निरुदेवी पालको सहभागिता थियो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?