एमाले कञ्चनपुर अध्यक्षमा तीन जना भिड्दै

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आठौँ जिल्ला अधिवेशन शुक्रवारदेखी महेन्द्रनगरमा शुुरु भएको छ । पार्टीको जिल्ला नेतृत्व समेत चयन हुने यस अधिवेशनमा पाँच सयभन्दा बढी प्रतिनिधी सहभागी भएका छन । शुक्रबारदेखि सुरु भएको अधिवेशन अन्तर्गत शनिबार दिउसो पछी वन्द शत्र शुरु हुने कार्यतालिका रहेको छ । विषेस गरी यस अधवेशनमा अध्यक्ष पदका लागि तीन जना दावेदार रहने निश्चित भएका छन ।
अध्यक्ष पदका लागि तत्कालिन नेकपा एकिरणका वेला देखी नेतृत्व समाल्दै आउनु भएका वर्तमान जिल्ला अध्यक्ष वीरबहादुर थापा, वर्तमान पार्टी सचिव एवं भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द आकांक्षी देखिएका छन । नेकपा एमाले र माओवादी अलग भए संगै वर्तमान जिल्ला अध्यक्ष वीरबहादुर थापाले एमालेलाई साथ दिएका कारण पार्टीका युवा कार्यकर्ताहरुको वलियो समर्थन पाएका छन भने भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट राजनीतिक रुपमा पोख्त, साहसिक , निडर र नेकपाको केन्द्रीय नेतृत्वले रुचाएका व्यक्तीको रुपमा चिनिन्छन । यसै गरि बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द पनी युवा माझ लोकप्रीय नेताका रुपमा चिनिन्छन । पार्टीको केन्द्रीय नेतृत्व तहले सहमतीमै जिल्ला कमिटी गठन गर्न सुझाव दिएको भए पनी सहमति हुन नसकेको खण्डमा कार्यकर्ताको मनोभावना अनुरुप स्वच्छ प्रतिसपर्धा हुनुपर्नेमा चन्दले जोड दिएका छन ।
पार्टीको जिल्ला सचिव पदमा रणबहादुर महरा र पल्लभराज भट्ट आकांशी रहेका छन । अधिवेशन उद्घाटन समारोहमा कञ्चनपुर बाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसदहरु डा. दीपकाप्रकाश भट्ट, नरबहादुर धामी र निरुदेवी पालको सहभागिता थियो ।

ताजा खबर

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?