मौलिक पर्व भुवा भस्सो औपचारिक रुपमा शुरु

सुदुरपश्चिमका बझाङ, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा मनाईदै आएको मौलिक पर्व भुवा भस्सो कञ्चनपुरमा औपचारिक रुपमा शुरु भएको छ । लोप हुदै गएको संस्कृति जोगाउने उद्देश्यले औपचारिक रुपमा उक्त खेल आयोजना गरिएको हो । सुदुर पश्चिम प्रदेश कला र संस्कृतिको दृष्टिकोणले आफैमा धनी छ तर पुराना कला सस्कृतिहरु लोप हुदै गएका छन । लोप हुदै गएका कला र संस्कृती जोगाउन आजको आवश्यक्ता पनी रहेको छ । यिनै लोपोन्मुख कला मध्येको सुदुरपश्चिमका पहाडि जिल्ला बझाङ, बाजुरा र अछाम लगायतमा मनाईदै आएको मौलिक पर्व भुवा भस्सो पनी एक हो । परापुर्व कालको कौरव र पाण्डवको युद्धकलालाई प्रतिनिधित्व गर्ने उक्त भुवा भस्सो लाई जगेर्ना गर्न कञचनपुरको भीमदत्त नगरपलिाका वडा नम्वर २ का जनताले कम्मर कसेका छन । पुरानो पिढि बाट नया पिढीमा हस्तान्तरण हुनु पर्ने कला लोपहुदै गएका काराण उक्त कला लाई जोगाउनु आजको आवश्यक्ता हो भन्दै स्थानीयहरुले खेल आयोजना गरेका हुन ।
उक्त मौलिक भुवा भस्सो खेलको सुदुरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आईतवार एक समारोहका विच ओपचारिक रुपमा उद्घाटन गर्नु भएको छ । उदघाटन समारोह मा बोलदै प्रमुख जोशीले हामीले मनाउने विभिन्न पर्वहरुका सांस्कृतिक तथा वैज्ञानीक महत्व हुने वताउनु भएको छ । संस्कृतिको संरक्षण गर्न सके मात्र राष्ट्रीयता जिवित रहने समेत उहाले बताउनु भयो ।
उक्त खेल पौष महिना भरि खेल्ने चलन रहेको छ तर पौष महिना सकिनु भन्दा पहिले नै पुर्णिमा तिथी परेमा त्यही दिन समाप्त गर्नु पर्ने चलन रहदै आएको छ । खेलमा पौराणिक युद्धकला प्रदर्शन हुने गर्दछ भने दमाहा बाजा तथा देउडा खेलहरु समेत प्रदर्शन गर्ने गरिन्छ । कार्यक्रम अवधि भर देवि देवताका महिमा यसक्त धुमारी ढुस्को समेत खेल्ने चलन रही आएका छ । भू को अर्थ जमीन अर्थात भुमि र वा को अर्थ विभिन्न हुने र शास्त्रहरुमा यसको प्रष्ट वर्णण गरिएको संस्कृती विद लक्ष्मीकान्त जोशीले बताउनु भयो ।
भीमदत्त नगरपालिका–७ को सिद्ध सामुदायिक सेवा समितिले आयोजना गरेको उक्त पर्वमा राष्टका ख्याती प्राप्त कलाकारहरु नरेन्द्रराज रेग्मी, लाल वहादुर धामी , अराज केशव, लक्ष्मण अधिकारी लगायतको प्रस्तुति समेत रहने छ । नयाँ लुगा लगाई, चिटिक्क परेर पर्वमा सामेल हुन्छन । सामाजिक एकता र माया बढाउने पर्वका रुपमा समेत लिइने यस खेललाई जगेर्ना गर्नु आजको आवश्यक्ता समेत रहेको छ ।

ताजा खबर

भम्केनी धाममा श्रावणी मेला र चातुर्मासिक महापुराणमा श्रद्धालुको उल्लेख्य सहभागिता

कञ्चनपुर, ११ साउन  कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित प्रसिद्ध धार्मिक स्थल...

विपद् पूर्वबजार लेखाजोखा सम्बन्धी दुईदिने पालिका स्तरीय छलफल सम्पन्न

कञ्चनपुर, ११ साउन  विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी,...

पवनदूत यातायातद्वारा महेन्द्रनगर–काठमाडौं सुविधासम्पन्न ‘राजगद्दी’ बस सेवा सञ्चालन

कञ्चनपुर, १० साउन  पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिले कञ्चनपुरको...

भिनपा–८ मा सडक किनार सरसफाइ अभियान, स्थानीयको सक्रिय सहभागिता

कञ्चनपुर, १० साउन भीमदत्त नगरपालिका–८ मा स्थानीय समुदायको सक्रिय सहभागितामा...

पुर्व भारतीय सैनिक हरक सिह भण्डारीको निधन 

कञ्चनपुर, साउन ९  भारतीय सेनामा कार्यरत पुर्व सैनिक एव कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?