मौलिक पर्व भुवा भस्सो औपचारिक रुपमा शुरु

सुदुरपश्चिमका बझाङ, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा मनाईदै आएको मौलिक पर्व भुवा भस्सो कञ्चनपुरमा औपचारिक रुपमा शुरु भएको छ । लोप हुदै गएको संस्कृति जोगाउने उद्देश्यले औपचारिक रुपमा उक्त खेल आयोजना गरिएको हो । सुदुर पश्चिम प्रदेश कला र संस्कृतिको दृष्टिकोणले आफैमा धनी छ तर पुराना कला सस्कृतिहरु लोप हुदै गएका छन । लोप हुदै गएका कला र संस्कृती जोगाउन आजको आवश्यक्ता पनी रहेको छ । यिनै लोपोन्मुख कला मध्येको सुदुरपश्चिमका पहाडि जिल्ला बझाङ, बाजुरा र अछाम लगायतमा मनाईदै आएको मौलिक पर्व भुवा भस्सो पनी एक हो । परापुर्व कालको कौरव र पाण्डवको युद्धकलालाई प्रतिनिधित्व गर्ने उक्त भुवा भस्सो लाई जगेर्ना गर्न कञचनपुरको भीमदत्त नगरपलिाका वडा नम्वर २ का जनताले कम्मर कसेका छन । पुरानो पिढि बाट नया पिढीमा हस्तान्तरण हुनु पर्ने कला लोपहुदै गएका काराण उक्त कला लाई जोगाउनु आजको आवश्यक्ता हो भन्दै स्थानीयहरुले खेल आयोजना गरेका हुन ।
उक्त मौलिक भुवा भस्सो खेलको सुदुरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आईतवार एक समारोहका विच ओपचारिक रुपमा उद्घाटन गर्नु भएको छ । उदघाटन समारोह मा बोलदै प्रमुख जोशीले हामीले मनाउने विभिन्न पर्वहरुका सांस्कृतिक तथा वैज्ञानीक महत्व हुने वताउनु भएको छ । संस्कृतिको संरक्षण गर्न सके मात्र राष्ट्रीयता जिवित रहने समेत उहाले बताउनु भयो ।
उक्त खेल पौष महिना भरि खेल्ने चलन रहेको छ तर पौष महिना सकिनु भन्दा पहिले नै पुर्णिमा तिथी परेमा त्यही दिन समाप्त गर्नु पर्ने चलन रहदै आएको छ । खेलमा पौराणिक युद्धकला प्रदर्शन हुने गर्दछ भने दमाहा बाजा तथा देउडा खेलहरु समेत प्रदर्शन गर्ने गरिन्छ । कार्यक्रम अवधि भर देवि देवताका महिमा यसक्त धुमारी ढुस्को समेत खेल्ने चलन रही आएका छ । भू को अर्थ जमीन अर्थात भुमि र वा को अर्थ विभिन्न हुने र शास्त्रहरुमा यसको प्रष्ट वर्णण गरिएको संस्कृती विद लक्ष्मीकान्त जोशीले बताउनु भयो ।
भीमदत्त नगरपालिका–७ को सिद्ध सामुदायिक सेवा समितिले आयोजना गरेको उक्त पर्वमा राष्टका ख्याती प्राप्त कलाकारहरु नरेन्द्रराज रेग्मी, लाल वहादुर धामी , अराज केशव, लक्ष्मण अधिकारी लगायतको प्रस्तुति समेत रहने छ । नयाँ लुगा लगाई, चिटिक्क परेर पर्वमा सामेल हुन्छन । सामाजिक एकता र माया बढाउने पर्वका रुपमा समेत लिइने यस खेललाई जगेर्ना गर्नु आजको आवश्यक्ता समेत रहेको छ ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?