माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन शुरु

कञ्चनपुर, ११ मंसिर
नेकपा माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन शुरु भएका छन । नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय सम्मेलनको तयारीका लागि यस अघि वडा सम्मेलन सकेर माओवादी केन्द्रले शनिबारदेखि पालिका सम्मेलन शुरु गरेको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता लाल परियारले कञ्चनपुरमा पनिपालिका सम्मेलन शुरु भएको बताए । नेता परियारका अनुसार पहिलो दिन भीमदत्त, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा सम्मेलन शुरु भएका छन । माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज खगराज भट्ट, सचिव देविलाल चौधरी, प्रदेश सदस्य टेकेन्द्र प्रशाद भट्ट, ओम विक्रम भाट (सरल) लगायतका केन्द्र, प्रदेश जिल्लाका नेताहरुको उपस्थितिमा पालिका सम्मेलन शुरु भएका छन । पालिका सम्मेलनबाट नेतृत्व सहित कार्य योजना पारित गरिने नेता परियारले बताए । बाँकी पालिहरुमा क्रमिक रुपमा हुने बताए । माओवादी केन्द्र कञ्चनपुर राष्ट्रिय सम्मेलनको तयारीका लागि विवादरहित ढङगबाट अघि बढेको उनको भनाई छ । जिल्लाका ९ पालिकामा ९२ वडाहरुमा सम्मेलन सकेर पालिका सम्मेलनमा जुटेको छ ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?