माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन शुरु

कञ्चनपुर, ११ मंसिर
नेकपा माओवादी केन्द्र कञ्चनपुरका पालिका सम्मेलन शुरु भएका छन । नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय सम्मेलनको तयारीका लागि यस अघि वडा सम्मेलन सकेर माओवादी केन्द्रले शनिबारदेखि पालिका सम्मेलन शुरु गरेको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता लाल परियारले कञ्चनपुरमा पनिपालिका सम्मेलन शुरु भएको बताए । नेता परियारका अनुसार पहिलो दिन भीमदत्त, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा सम्मेलन शुरु भएका छन । माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज खगराज भट्ट, सचिव देविलाल चौधरी, प्रदेश सदस्य टेकेन्द्र प्रशाद भट्ट, ओम विक्रम भाट (सरल) लगायतका केन्द्र, प्रदेश जिल्लाका नेताहरुको उपस्थितिमा पालिका सम्मेलन शुरु भएका छन । पालिका सम्मेलनबाट नेतृत्व सहित कार्य योजना पारित गरिने नेता परियारले बताए । बाँकी पालिहरुमा क्रमिक रुपमा हुने बताए । माओवादी केन्द्र कञ्चनपुर राष्ट्रिय सम्मेलनको तयारीका लागि विवादरहित ढङगबाट अघि बढेको उनको भनाई छ । जिल्लाका ९ पालिकामा ९२ वडाहरुमा सम्मेलन सकेर पालिका सम्मेलनमा जुटेको छ ।

ताजा खबर

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?