भूपेन्द्र हत्या प्रकरणः सिआइबीको टोली परिचालन

महेन्द्रनगर ।
कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टीम खटिएको छ । जिल्ला प्रहरी कार्यालय (कैलाली)को अनुसन्धान टीमलाई सघाउन सिआइबीको टीम खटिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धर्म बहादुर बोहराका अनुसार सिआइबीको टीम आज काठमाडौँबाट कैलाली आएर काम सुरु गर्ने छ ।
भूपेन्द्र हत्या प्रकरणकोे सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको विश्लेषण गर्न सिआइबीको टीम घटनास्थलमा आउन लागेको प्रहरी निरीक्षक बोहरा बताउँछन् ।
‘फरार आरोपीको खोजी कार्य भइरहेको छ । जिल्लाबाट सिआइबीको माग भएको थियो ।’ उनले भने, ‘काठमाडौँबाट सिआइबी परिचालन गरिएको छ । आज टोली कैलाली पुगेर काम थाल्ने छ ।’
गत मंगलबार राती लम्कीचुहा नगरपालिका–१ लम्की बजारका २२ वर्षीय भूपेन्द्रको टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर एक समूहले हत्या गरेको थियो । घटना भएको करिब एक साता भइसक्दा पनि प्रहरीले अझै हत्याको स्पष्ट कारण पत्ता लगाउन सकेको छैन ।
घटनाको ईलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।
भूपेन्द्रको हत्या आरोपमा ९ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरमा भूपेन्द्रका परिवारले चिसापानीका नविन रावल सहित १६ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
ती आरोपीमध्ये घटनाका ‘योजनाकार’ नविन रावल सहित ७ जना अझै फरार छन् । आइतबार लम्कीबाट हत्या आरोपीमध्येका विकास खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।
भूपेन्द्रको हत्या लगत्तै प्रहरीले लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई पक्राउ गरेको थियो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?