भूपेन्द्र हत्या प्रकरणः सिआइबीको टोली परिचालन

महेन्द्रनगर ।
कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टीम खटिएको छ । जिल्ला प्रहरी कार्यालय (कैलाली)को अनुसन्धान टीमलाई सघाउन सिआइबीको टीम खटिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धर्म बहादुर बोहराका अनुसार सिआइबीको टीम आज काठमाडौँबाट कैलाली आएर काम सुरु गर्ने छ ।
भूपेन्द्र हत्या प्रकरणकोे सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको विश्लेषण गर्न सिआइबीको टीम घटनास्थलमा आउन लागेको प्रहरी निरीक्षक बोहरा बताउँछन् ।
‘फरार आरोपीको खोजी कार्य भइरहेको छ । जिल्लाबाट सिआइबीको माग भएको थियो ।’ उनले भने, ‘काठमाडौँबाट सिआइबी परिचालन गरिएको छ । आज टोली कैलाली पुगेर काम थाल्ने छ ।’
गत मंगलबार राती लम्कीचुहा नगरपालिका–१ लम्की बजारका २२ वर्षीय भूपेन्द्रको टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर एक समूहले हत्या गरेको थियो । घटना भएको करिब एक साता भइसक्दा पनि प्रहरीले अझै हत्याको स्पष्ट कारण पत्ता लगाउन सकेको छैन ।
घटनाको ईलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।
भूपेन्द्रको हत्या आरोपमा ९ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरमा भूपेन्द्रका परिवारले चिसापानीका नविन रावल सहित १६ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
ती आरोपीमध्ये घटनाका ‘योजनाकार’ नविन रावल सहित ७ जना अझै फरार छन् । आइतबार लम्कीबाट हत्या आरोपीमध्येका विकास खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।
भूपेन्द्रको हत्या लगत्तै प्रहरीले लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई पक्राउ गरेको थियो ।

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?