खतिवडाको भ्याई नभ्याई , गृह जिल्लामा स्वास्थ्यमन्त्री बने

असोज २६ कन्चनपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार हेटौंडामा भ्याईनभ्याई भयो । चार पटक मकवानपुरबाट प्रत्यक्ष निर्वाचन जितेका खतिवडा पहिलो चोटी मन्त्री बनेका हुन् ।

वाम किल्ला मानिएको मकवानपुरमा सधैंजसो कम्युनिस्टले जिते पनि खतिवडा जिल्लाबाट पहिलो चोटी कम्युनिस्ट मन्त्री बनेका हुन् । उनी राप्रपा अध्यक्ष कमल थापा पछि फुल मन्त्री पाउने दोस्रो मकवानपुरे नेता हुन् । यसअघि बनेका सबै राज्यमन्त्रीसम्म भएका थिए ।

२१ संस्थाको स्वागत 

मकवानपुरका २१ क्रियाशील संस्थाले मन्त्री खतिवडालाई स्वागत गरेका छन्।

मकवानपुरमा कोभिडको समयमा संचालनमा आएको कोभिड हेल्थ डेस्कलाई सहयोग पुर्‍याएका संस्थाहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सम्मान गरेको हो ।

२१ संस्थाको संयुक्त आयोजनामा भएको स्वागत कार्यक्रममा मन्त्री खतिवडाले मकवानपुरको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने बताए । ७७ जिल्लाको विकास गर्ने आफ्नो जिम्मेवारी भएपनि मकवानपुरलाई विशेष प्राथमिकतामा राख्ने उनको भनाइ थियो।

उनले  बालबालिकालाई लगाउन ४० लाख खोप सम्झौता भइसकेको र थप ६० लाख खोप प्रक्रियामा रहेको जानकारी दिँदै आफ्नो सरकारमा रहेसम्म नेपालमा कोभिड विरुद्धको खोप रोकियो भन्ने दिन नआउने प्रतिबद्धता गरे।

पूर्वविद्यार्थीको सम्मान

यस्तै सोमबार नै भुटनदेवी माविमा अध्ययन गर्ने पूर्वविद्यार्थीहरुको संगठन अलमुनाई एशोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई बधाई एवं स्वागत गरेको छ ।

मन्त्री विरोध खतिवडालाई पूर्वविद्यार्थीको हैसियतबाट कार्यबाहक अध्यक्ष विष्णु गोपाल महर्जन, पूर्वविद्यालय प्रअ देवप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष गणेश कुमार श्रेष्ठले लगायतले स्वागत गरेका हुन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल लगायतको उपस्थिति थियो ।

आवश्यक परे प्रदेशलाई हस्तक्षेप गर्छु :  खतिवडा 

सोमबार नै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई स्वागत गरेको थियो । स्वागत कार्यक्रममा अधिकांश स्वागत मन्तव्यमा कर्मचारीहरुले गुनासो गरेका थिए ।

कर्मचारीहरुले अस्पताल विकास समितिको कर्मचारी प्रतिष्ठान आएपछि जागिर जाने चिन्ता भएको भन्दै प्रदेश सरकार अन्तर्गतको प्रतिष्ठानले अन्याय गरको गुनासो गरेका थिए ।

कर्मचारीको गुनासोपछि मन्त्री खतिवडाले आवश्यक परेको अवस्थामा प्रदेशको स्वास्थ्य मन्त्रालयलाई संघीय स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गर्ने बताएका हुन् ।

उनले लामो समय देखि स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई प्रतिष्ठानमा समेटेर मात्रै हेटौंडा अस्पताल प्रतिष्ठान मातहतमा जाने आश्वासन दिएका छन् । उनलाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा.राचन्द्र सापकोटाले अस्पतालको बारेमा जानकारी गराएका थिए ।

खतिवडा सोमबार नै नेकपा एसका जिल्ला कमिटिको चियापान तथा स्वागत कार्यक्रममा सहभागी भए ।

यस्तै खतिवडा समाजको सम्मान समेत लिन भ्याएका मन्त्री विरोध खतिवडा, पार्टीका विभिन्न कमिटिहरुले गरेको कार्यक्रममा सहभागी भएर सोमबार नै राजधानी काठमाडौं फर्किएका छन्।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?