खतिवडाको भ्याई नभ्याई , गृह जिल्लामा स्वास्थ्यमन्त्री बने

असोज २६ कन्चनपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार हेटौंडामा भ्याईनभ्याई भयो । चार पटक मकवानपुरबाट प्रत्यक्ष निर्वाचन जितेका खतिवडा पहिलो चोटी मन्त्री बनेका हुन् ।

वाम किल्ला मानिएको मकवानपुरमा सधैंजसो कम्युनिस्टले जिते पनि खतिवडा जिल्लाबाट पहिलो चोटी कम्युनिस्ट मन्त्री बनेका हुन् । उनी राप्रपा अध्यक्ष कमल थापा पछि फुल मन्त्री पाउने दोस्रो मकवानपुरे नेता हुन् । यसअघि बनेका सबै राज्यमन्त्रीसम्म भएका थिए ।

२१ संस्थाको स्वागत 

मकवानपुरका २१ क्रियाशील संस्थाले मन्त्री खतिवडालाई स्वागत गरेका छन्।

मकवानपुरमा कोभिडको समयमा संचालनमा आएको कोभिड हेल्थ डेस्कलाई सहयोग पुर्‍याएका संस्थाहरुले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सम्मान गरेको हो ।

२१ संस्थाको संयुक्त आयोजनामा भएको स्वागत कार्यक्रममा मन्त्री खतिवडाले मकवानपुरको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने बताए । ७७ जिल्लाको विकास गर्ने आफ्नो जिम्मेवारी भएपनि मकवानपुरलाई विशेष प्राथमिकतामा राख्ने उनको भनाइ थियो।

उनले  बालबालिकालाई लगाउन ४० लाख खोप सम्झौता भइसकेको र थप ६० लाख खोप प्रक्रियामा रहेको जानकारी दिँदै आफ्नो सरकारमा रहेसम्म नेपालमा कोभिड विरुद्धको खोप रोकियो भन्ने दिन नआउने प्रतिबद्धता गरे।

पूर्वविद्यार्थीको सम्मान

यस्तै सोमबार नै भुटनदेवी माविमा अध्ययन गर्ने पूर्वविद्यार्थीहरुको संगठन अलमुनाई एशोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई बधाई एवं स्वागत गरेको छ ।

मन्त्री विरोध खतिवडालाई पूर्वविद्यार्थीको हैसियतबाट कार्यबाहक अध्यक्ष विष्णु गोपाल महर्जन, पूर्वविद्यालय प्रअ देवप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष गणेश कुमार श्रेष्ठले लगायतले स्वागत गरेका हुन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल लगायतको उपस्थिति थियो ।

आवश्यक परे प्रदेशलाई हस्तक्षेप गर्छु :  खतिवडा 

सोमबार नै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई स्वागत गरेको थियो । स्वागत कार्यक्रममा अधिकांश स्वागत मन्तव्यमा कर्मचारीहरुले गुनासो गरेका थिए ।

कर्मचारीहरुले अस्पताल विकास समितिको कर्मचारी प्रतिष्ठान आएपछि जागिर जाने चिन्ता भएको भन्दै प्रदेश सरकार अन्तर्गतको प्रतिष्ठानले अन्याय गरको गुनासो गरेका थिए ।

कर्मचारीको गुनासोपछि मन्त्री खतिवडाले आवश्यक परेको अवस्थामा प्रदेशको स्वास्थ्य मन्त्रालयलाई संघीय स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गर्ने बताएका हुन् ।

उनले लामो समय देखि स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई प्रतिष्ठानमा समेटेर मात्रै हेटौंडा अस्पताल प्रतिष्ठान मातहतमा जाने आश्वासन दिएका छन् । उनलाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा.राचन्द्र सापकोटाले अस्पतालको बारेमा जानकारी गराएका थिए ।

खतिवडा सोमबार नै नेकपा एसका जिल्ला कमिटिको चियापान तथा स्वागत कार्यक्रममा सहभागी भए ।

यस्तै खतिवडा समाजको सम्मान समेत लिन भ्याएका मन्त्री विरोध खतिवडा, पार्टीका विभिन्न कमिटिहरुले गरेको कार्यक्रममा सहभागी भएर सोमबार नै राजधानी काठमाडौं फर्किएका छन्।

ताजा खबर

बेलडाँडी गाउँपालिका–०३ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

नरेन्द्र गुरुङ्ग बेलडाँडी ०३ चैत । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–०३ मा राष्ट्रिय...

सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २  नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको...

पुनर्वास नगरपालिका–०४ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

  नरेन्द्र गुरुङ्ग पुर्नवास ०२ चैत कञ्चनपुरको पूर्नवास नगरपालिका–०४ मा राष्ट्रिय...

मोवाईल व्यवसायी आचार्यद्वारा बृद्धाआश्रममा लुगाकपडा तथा खाद्यान्न सहयोग

महेन्द्रनगर ०२ चैत ।  मोवाईल व्यवसायी धर्मदेव आचार्यले कञ्चनपुरको एक...

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?