कांग्रेस महाधिवेशन पुसमा गर्ने महामन्त्रीको प्रस्ताव

असोज ,  ७  काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् ।

बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्

क्रियाशील सदस्यता सार्वजनिक नभएकै कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । २० वटा हिमाली जिल्लामा दशैं अगाडि नै जिल्ला अधिवेशन गर्ने सहमति जुटेको छ । अन्यत्र दशैंतिहारको बीचमा हुनेछ ।

देउवा निकट महामन्त्री खड्काले प्रदेश अधिवेशन छठ (२४ कात्तिक) पछाडि गर्ने प्रस्ताव राखेका छन् । यो भनेको मंसिरको पहिलो सातातिर हुनेछ । जबकी पूर्व निर्धारित कार्यतालिकाअनुसार मंसिर ९ मा केन्द्रीय महाधिवेशन उद्घाटन हुनुपर्ने हुन्छ ।

त्यसैले महामन्त्री खड्काले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सारेर पुस ९ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् । ‘मंसिरको सट्टा पुसमा महाधिवेशन गर्ने प्रस्ताव आएको छ,’ बैठकमा सहभागी एक नेता भन्छन्, ‘यसबारे अहिले कुनै निर्णय भएको छैन ।’

जबकी कांग्रेसले २०७७ भदौ २३ अगाडि नै केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो । पाँच वर्षे कार्यकाल पुरा गरेर थपिएको ६ महिना २३ भदौमै गुजि्रसक्यो । केन्द्रीय महाधिवेशन गर्न नसकेपछि उसले १८ भदौमा वडा अधिवेशन सुरु गरेर त्यही जानकारी निर्वाचन आयोगलाई दिएको थियो ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?