कांग्रेस महाधिवेशन पुसमा गर्ने महामन्त्रीको प्रस्ताव

असोज ,  ७  काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् ।

बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्

क्रियाशील सदस्यता सार्वजनिक नभएकै कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । २० वटा हिमाली जिल्लामा दशैं अगाडि नै जिल्ला अधिवेशन गर्ने सहमति जुटेको छ । अन्यत्र दशैंतिहारको बीचमा हुनेछ ।

देउवा निकट महामन्त्री खड्काले प्रदेश अधिवेशन छठ (२४ कात्तिक) पछाडि गर्ने प्रस्ताव राखेका छन् । यो भनेको मंसिरको पहिलो सातातिर हुनेछ । जबकी पूर्व निर्धारित कार्यतालिकाअनुसार मंसिर ९ मा केन्द्रीय महाधिवेशन उद्घाटन हुनुपर्ने हुन्छ ।

त्यसैले महामन्त्री खड्काले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सारेर पुस ९ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् । ‘मंसिरको सट्टा पुसमा महाधिवेशन गर्ने प्रस्ताव आएको छ,’ बैठकमा सहभागी एक नेता भन्छन्, ‘यसबारे अहिले कुनै निर्णय भएको छैन ।’

जबकी कांग्रेसले २०७७ भदौ २३ अगाडि नै केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो । पाँच वर्षे कार्यकाल पुरा गरेर थपिएको ६ महिना २३ भदौमै गुजि्रसक्यो । केन्द्रीय महाधिवेशन गर्न नसकेपछि उसले १८ भदौमा वडा अधिवेशन सुरु गरेर त्यही जानकारी निर्वाचन आयोगलाई दिएको थियो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?