फार्मेसी संघ सुपकाे अध्यक्षमा ओझा, १६ सदस्यीय प्रदेश कमिटी चयन

महेन्द्रनगर । नेपाल फार्मेसी संघ सुदूरपश्चिमकाे नयाँ प्रदेश समितिको कार्य समिति चयन भएको छ ।

नेपाल फार्मेसी संघ सुदूरपश्चिम समितिको सोमबार महेन्द्रनगरमा सम्पन्न भएको दोस्रो सम्मेलनले केशव ओझाको अध्यक्षतामा १६ सदस्यीय प्रदेश समिति चयन भएको छ ।

सोमबार सम्पन्न भएको सम्मेलनले समितिको उपाध्यक्षमा महेश शाही, अभिषेक कार्की र देवेन्द्र नाथ, महासचिवमा राजेश भट्ट, सचिवमा नविन धामी, कोषाध्यक्षमा फणेन्द्र जोशी, सहकोषाध्यक्षमा पुष्पा भट्ट चयन भएका छन । यसैगरी सदस्यहरुमा प्रितीधीर भण्डारी, लक्ष्मी चौधरी, पुजा विष्ट, करुणा भट्ट दिपेन्द्र महरा, कृष्णसिंह लोथ्याल, विनेश कठरीया, विज्ञान भट्ट, विरेन्द्रसिंह धामी, लोकेश गिरी चयन भएका छन् । नेपाल फार्मेसी संघ, केन्द्रीय समितिको समन्वयमा सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन सम्पन्न भएको महासचिव राजेश भट्टले बताए । नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आथित्यमा सम्पन्न सम्मेलनमा सुदूरपश्चिम प्रदेशमा रहेका फर्मासिस्टहरुको सहमागिता रहेको उपाध्यक्ष अभिषेक कार्कीले बताए ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?