फार्मेसी संघ सुपकाे अध्यक्षमा ओझा, १६ सदस्यीय प्रदेश कमिटी चयन

महेन्द्रनगर । नेपाल फार्मेसी संघ सुदूरपश्चिमकाे नयाँ प्रदेश समितिको कार्य समिति चयन भएको छ ।

नेपाल फार्मेसी संघ सुदूरपश्चिम समितिको सोमबार महेन्द्रनगरमा सम्पन्न भएको दोस्रो सम्मेलनले केशव ओझाको अध्यक्षतामा १६ सदस्यीय प्रदेश समिति चयन भएको छ ।

सोमबार सम्पन्न भएको सम्मेलनले समितिको उपाध्यक्षमा महेश शाही, अभिषेक कार्की र देवेन्द्र नाथ, महासचिवमा राजेश भट्ट, सचिवमा नविन धामी, कोषाध्यक्षमा फणेन्द्र जोशी, सहकोषाध्यक्षमा पुष्पा भट्ट चयन भएका छन । यसैगरी सदस्यहरुमा प्रितीधीर भण्डारी, लक्ष्मी चौधरी, पुजा विष्ट, करुणा भट्ट दिपेन्द्र महरा, कृष्णसिंह लोथ्याल, विनेश कठरीया, विज्ञान भट्ट, विरेन्द्रसिंह धामी, लोकेश गिरी चयन भएका छन् । नेपाल फार्मेसी संघ, केन्द्रीय समितिको समन्वयमा सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन सम्पन्न भएको महासचिव राजेश भट्टले बताए । नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आथित्यमा सम्पन्न सम्मेलनमा सुदूरपश्चिम प्रदेशमा रहेका फर्मासिस्टहरुको सहमागिता रहेको उपाध्यक्ष अभिषेक कार्कीले बताए ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?