भीमदत्त नगरलाई उच्च आदालतद्वारा नगर क्षेत्रको फोहर व्यवस्थापन गर्न निर्देशन

भदौ २९ कञ्चनपुर : उच्च अदालतल दिपायल महेन्द्रनगरले नगर क्षेत्रको फोहर व्यवस्थापन गर्नका लागि भीमदत्त नगरपालिका सहित सात जनाका नाममा परमादेश जारी गरेकोछ । कञ्चनपुरका अधिवक्ता धर्मानन्द जोशीले भीमदत्त नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन हुन नसक्दा वातावरण प्रदुषणका कारण मानव स्वास्थ्यमा हानिकारक भएको भन्दै उच्च आदालतमा रिट दायर गरेका थिए ।

अधिवक्ता जोशीले दायर गरेको रिटमा उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधिशद्वय प्रभा बस्नेत र कृष्णलाल भट्टराईको इजलासले भीमदत्त नगरपालिकालाई नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्दै नागरिकलाई स्वच्छ वातावरण बाँच्न पाउने अधिकारको सुनिश्चिता गरिदिन आदेश दिएको छ ।

अधिवक्ता जोशी सहित अर्का अधिवक्ता कृष्णदत्त जोशी, पदम पालले उक्त मुद्दामा बहस गरेका थिए । अधिवक्ता जोशीले नगर क्षेत्रमा रहेको फोहोर व्यवस्थापन नगरेको भन्दै भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, उप मेयर शुशिला सिह, प्रमुख जिल्ला अधिकारी राम कुमार पाण्डे, भीमदत्त नगरपालिका ४का वडाध्यक्ष लक्ष्मीदत्त बोहरा र प्रशासकीय अधिकृत हरिसिह धामी बिरुद्धमा रिट दायर गरेका थिए ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?