भीमदत्त नगरलाई उच्च आदालतद्वारा नगर क्षेत्रको फोहर व्यवस्थापन गर्न निर्देशन

भदौ २९ कञ्चनपुर : उच्च अदालतल दिपायल महेन्द्रनगरले नगर क्षेत्रको फोहर व्यवस्थापन गर्नका लागि भीमदत्त नगरपालिका सहित सात जनाका नाममा परमादेश जारी गरेकोछ । कञ्चनपुरका अधिवक्ता धर्मानन्द जोशीले भीमदत्त नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन हुन नसक्दा वातावरण प्रदुषणका कारण मानव स्वास्थ्यमा हानिकारक भएको भन्दै उच्च आदालतमा रिट दायर गरेका थिए ।

अधिवक्ता जोशीले दायर गरेको रिटमा उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधिशद्वय प्रभा बस्नेत र कृष्णलाल भट्टराईको इजलासले भीमदत्त नगरपालिकालाई नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्दै नागरिकलाई स्वच्छ वातावरण बाँच्न पाउने अधिकारको सुनिश्चिता गरिदिन आदेश दिएको छ ।

अधिवक्ता जोशी सहित अर्का अधिवक्ता कृष्णदत्त जोशी, पदम पालले उक्त मुद्दामा बहस गरेका थिए । अधिवक्ता जोशीले नगर क्षेत्रमा रहेको फोहोर व्यवस्थापन नगरेको भन्दै भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, उप मेयर शुशिला सिह, प्रमुख जिल्ला अधिकारी राम कुमार पाण्डे, भीमदत्त नगरपालिका ४का वडाध्यक्ष लक्ष्मीदत्त बोहरा र प्रशासकीय अधिकृत हरिसिह धामी बिरुद्धमा रिट दायर गरेका थिए ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?