अखिल क्रान्तिकारी कञ्चनपुर पालिका स्तरमा संगठन विस्तारमा क्रान्तिकारी बेलडाँडी अध्यक्षमा शाह

 

भदौँ १५ कञ्चनपुर,
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कञ्चनपुरका पालिका तहमा संगठन विस्तार गरिरहेको छ । शैक्षिक विकृती विसङगत नियन्त्रण एव जिल्ला र केन्द्रीय सम्मेलनका लागि भन्दै क्रान्तिकारीले जिल्लाका पालिका स्तरमा संगठन विस्तारमा जुटेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले पुर्ववत एमाले–माओवादी केन्द्र एक हुँदा विद्यार्थी संगठन सकृय हुन नसक्दा शैक्षिक माफियाको चलखेल बढेकाले अब शैक्षिक विकृती रोक्दै शिक्षा क्षेत्रमा सुधारका लागि क्रान्तिकारीले हरेक विद्यार्थी, क्याम्पस विश्वविद्यालय सहित पालिकामा स्तरमा समेत साँगठानिक संरचनाको खाँचो परेकाले कञ्चनपुरका पालिकामा संगठन विस्तार अभियान शुरुवात भएको बताए । क्रान्तिकारी कञ्चनपुरका सचिव भट्टले मंगलबार बेलडाँडी गाँउपालिकामा सगठन विस्तार गरिएको बताए । अखिल क्रान्तिकारी बेलडाँडीको भेलाले नरेन्द्र शाहको अध्यक्षतामा संगठन विस्तार भएको छ । उपाध्यक्ष दिनेश ठगुराठी, कमला जोशी, सचिव दिनेश जोशी, सह–सचिव ललित साउद, पार्वती भट्ट, रेशाख शाह, कोषाध्यक्ष जगत रावल चयन भएका छन । भने सदस्यहरुमा विद्या शाह, विमला लुहार, महेश साउद,किरण कुँवर, निरज भट्ट, महेश भट्ट, कमलेश चौधरी, दिपक जोशी, धर्मेन्द्र कलौनी, लक्ष्मण भट्ट, सागर भट्ट चयन भएका छन । नेकपा माओवादी केन्द्र बेलडाँडीकी नेतृद्वय कल्पना गिरी, रमा विष्ट, क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरी, उपाध्यक्ष प्रेम रावल, सचिव किशोर भट्ट कोषाध्यक्ष सुरेश भट्ट, क्रान्तिकारी नेता डम्बर कुँवर भुवन सिह विष्ट सहितको उपस्थितिमा संगठन विस्तार भएको हो । क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरी, उपाध्यक्ष प्रेम रावल, सचिव किशोर भट्ट कोषाध्यक्ष सुरेश भट्ट, क्रान्तिकारी नेता डम्बर कुँवर भुवन सिह विष्टले शैक्षिक सुधार, गुणस्तरिय शिक्षा र शिक्षा क्षेत्रमा देखिएका शैक्षिक विकृति हटाउनका लागि क्रान्तिकारीले शसक्त रुपमा संघर्ष गर्नुपर्नेमा निर्दिष्ट गरेका थिए । अन्य पालिकाहरुमा समेत क्रमित रुपमा संगठन विस्तार हुने क्रान्तिकारी उपाध्यक्ष कैशालचन्द्र गिरीले बताए ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?