अखिल क्रान्तिकारी कञ्चनपुर पालिका स्तरमा संगठन विस्तारमा क्रान्तिकारी बेलडाँडी अध्यक्षमा शाह

 

भदौँ १५ कञ्चनपुर,
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कञ्चनपुरका पालिका तहमा संगठन विस्तार गरिरहेको छ । शैक्षिक विकृती विसङगत नियन्त्रण एव जिल्ला र केन्द्रीय सम्मेलनका लागि भन्दै क्रान्तिकारीले जिल्लाका पालिका स्तरमा संगठन विस्तारमा जुटेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले पुर्ववत एमाले–माओवादी केन्द्र एक हुँदा विद्यार्थी संगठन सकृय हुन नसक्दा शैक्षिक माफियाको चलखेल बढेकाले अब शैक्षिक विकृती रोक्दै शिक्षा क्षेत्रमा सुधारका लागि क्रान्तिकारीले हरेक विद्यार्थी, क्याम्पस विश्वविद्यालय सहित पालिकामा स्तरमा समेत साँगठानिक संरचनाको खाँचो परेकाले कञ्चनपुरका पालिकामा संगठन विस्तार अभियान शुरुवात भएको बताए । क्रान्तिकारी कञ्चनपुरका सचिव भट्टले मंगलबार बेलडाँडी गाँउपालिकामा सगठन विस्तार गरिएको बताए । अखिल क्रान्तिकारी बेलडाँडीको भेलाले नरेन्द्र शाहको अध्यक्षतामा संगठन विस्तार भएको छ । उपाध्यक्ष दिनेश ठगुराठी, कमला जोशी, सचिव दिनेश जोशी, सह–सचिव ललित साउद, पार्वती भट्ट, रेशाख शाह, कोषाध्यक्ष जगत रावल चयन भएका छन । भने सदस्यहरुमा विद्या शाह, विमला लुहार, महेश साउद,किरण कुँवर, निरज भट्ट, महेश भट्ट, कमलेश चौधरी, दिपक जोशी, धर्मेन्द्र कलौनी, लक्ष्मण भट्ट, सागर भट्ट चयन भएका छन । नेकपा माओवादी केन्द्र बेलडाँडीकी नेतृद्वय कल्पना गिरी, रमा विष्ट, क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरी, उपाध्यक्ष प्रेम रावल, सचिव किशोर भट्ट कोषाध्यक्ष सुरेश भट्ट, क्रान्तिकारी नेता डम्बर कुँवर भुवन सिह विष्ट सहितको उपस्थितिमा संगठन विस्तार भएको हो । क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाशचन्द्र गिरी, उपाध्यक्ष प्रेम रावल, सचिव किशोर भट्ट कोषाध्यक्ष सुरेश भट्ट, क्रान्तिकारी नेता डम्बर कुँवर भुवन सिह विष्टले शैक्षिक सुधार, गुणस्तरिय शिक्षा र शिक्षा क्षेत्रमा देखिएका शैक्षिक विकृति हटाउनका लागि क्रान्तिकारीले शसक्त रुपमा संघर्ष गर्नुपर्नेमा निर्दिष्ट गरेका थिए । अन्य पालिकाहरुमा समेत क्रमित रुपमा संगठन विस्तार हुने क्रान्तिकारी उपाध्यक्ष कैशालचन्द्र गिरीले बताए ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?