भीमदत्तमा झडपपछि लेखकले गुहारे गृहमन्त्री खाँड, घट्नाको छानबिन गर्ने आश्वासन

भदौ ४ , भीमदत्त । नेपाली काँग्रेसका नेता रमेश लेखक भीमदत्त नगरपालिकामा काँग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप छानबिनका लागि गृहमन्त्री बालकृष्ण खाँडसम्म पुगेका छन् । उनले गृहमन्त्री खाँडले घट्ना छानबिन गरी दोषीमाथि कारवाही हुने आश्वासन दिएको सार्वजनिक गरेका छन् ।

नेपाल शिक्षक संघको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै काँग्रेस कार्यकर्ताले नगरपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा सुरक्षाकर्मीसित झडप भएको भएको हो ।

झडपमा परी काँग्रेस कार्यकर्ता, सुरक्षाकर्मी, जनप्रतिनिधि घाइते भएका छन् । सुरक्षाकर्मीले तालाबन्दी गर्न नदिएपछि उनीहरुले लाठी खोसेपछि झडप हुन पुगेको थियो ।

पूर्व मन्त्री लेखकले झडपपछि गृहमन्त्री खाँडलाई घट्नाबारे जानकारी गराएको फेसबुककमा उल्लेख गरेका छन् । उनले शिक्षक संघको आन्दोलनमा ऐक्यवद्धता जनाउन गएका काँग्रेस पार्टी र भातृ संस्थाका नेता कार्यकर्तामाथि सुरक्षाकर्मीबाट दमन गरिएको भन्दै भत्र्सना गरेका छन् । उनले शिक्षक संघले उठान गरेका मागहरु जायज भन्दै समर्थन गरेका छन् ।

शिक्षक दरबन्दी मिलान प्रक्रिया विधि सम्मत नभएको भन्दै शिक्षक संघ नगरपालिकामा धर्ना दिदैं आएको छ । शिक्षक संघले शान्तिपूर्ण भन्दै आएको आन्दोलनमा काँग्रेस कार्यकर्ताले नगरपालिका कार्यालयमा तालबन्दी गरेपछि तनाव उब्जिएको छ ।

यस अघि साउन ३१ शिक्षक संघका अध्यक्ष र सचिव सहितको संयुक्त बैठकबाट संघका माग अध्ययन र छलफल गर्न अर्को बैठक बस्ने निर्णय गरिएको थियो ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?