भीमदत्तमा झडपपछि लेखकले गुहारे गृहमन्त्री खाँड, घट्नाको छानबिन गर्ने आश्वासन

भदौ ४ , भीमदत्त । नेपाली काँग्रेसका नेता रमेश लेखक भीमदत्त नगरपालिकामा काँग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप छानबिनका लागि गृहमन्त्री बालकृष्ण खाँडसम्म पुगेका छन् । उनले गृहमन्त्री खाँडले घट्ना छानबिन गरी दोषीमाथि कारवाही हुने आश्वासन दिएको सार्वजनिक गरेका छन् ।

नेपाल शिक्षक संघको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै काँग्रेस कार्यकर्ताले नगरपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा सुरक्षाकर्मीसित झडप भएको भएको हो ।

झडपमा परी काँग्रेस कार्यकर्ता, सुरक्षाकर्मी, जनप्रतिनिधि घाइते भएका छन् । सुरक्षाकर्मीले तालाबन्दी गर्न नदिएपछि उनीहरुले लाठी खोसेपछि झडप हुन पुगेको थियो ।

पूर्व मन्त्री लेखकले झडपपछि गृहमन्त्री खाँडलाई घट्नाबारे जानकारी गराएको फेसबुककमा उल्लेख गरेका छन् । उनले शिक्षक संघको आन्दोलनमा ऐक्यवद्धता जनाउन गएका काँग्रेस पार्टी र भातृ संस्थाका नेता कार्यकर्तामाथि सुरक्षाकर्मीबाट दमन गरिएको भन्दै भत्र्सना गरेका छन् । उनले शिक्षक संघले उठान गरेका मागहरु जायज भन्दै समर्थन गरेका छन् ।

शिक्षक दरबन्दी मिलान प्रक्रिया विधि सम्मत नभएको भन्दै शिक्षक संघ नगरपालिकामा धर्ना दिदैं आएको छ । शिक्षक संघले शान्तिपूर्ण भन्दै आएको आन्दोलनमा काँग्रेस कार्यकर्ताले नगरपालिका कार्यालयमा तालबन्दी गरेपछि तनाव उब्जिएको छ ।

यस अघि साउन ३१ शिक्षक संघका अध्यक्ष र सचिव सहितको संयुक्त बैठकबाट संघका माग अध्ययन र छलफल गर्न अर्को बैठक बस्ने निर्णय गरिएको थियो ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?